काखे छोरीसहित म्यादी प्रहरीकाे भर्ना फारम भर्दै सपना गुरुङ • Nepal's Trusted Digital Newspaperकाखे छोरीसहित म्यादी प्रहरीकाे भर्ना फारम भर्दै सपना गुरुङ • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • काखे छोरीसहित म्यादी प्रहरीकाे भर्ना फारम भर्दै सपना गुरुङ

काखे छोरीसहित म्यादी प्रहरीकाे भर्ना फारम भर्दै सपना गुरुङ

  • समाचारपाटी
  • आइतवार, चैत्र ६, २०७८
काखे छोरीसहित म्यादी प्रहरीकाे भर्ना फारम भर्दै सपना गुरुङ
photo source:-onlinekhabar

काठमाडौं । नेपाल प्रहरीले आइतबार म्यादी प्रहरीमा भर्नाका लागि आवेदन खुलाएकाे छ । म्यादी प्रहरी भर्नाका लागि आवेदन खुलाएपछि

टेकुस्थित महानगरीय प्रहरी परिसर काठमाडौंमा धादिङकी सपना गुरुङ लाइन बस्न पुग्नुभएकाे छ । काखे छोरीसहित लाइनमा बसेकी सपना काठमाडौंको गोकर्णमा श्रीमानसँगै बस्नुहुन्छ । छोरी सानी भएका कारण हालसम्म घरमै बस्दै आउनुभएकी उहाँ म्यादी प्रहरीमा भर्ना खुलेपछि भने आवेदन दिन आउनुभयाे ।

म्यादी प्रहरीमा छनोट हुन सकेमा केही पैसा कमाइ हुने भएकाले आवेदन दिन आएको सपना बताउँनुहुन्छ । उहाँको श्रीमान फर्निचर उद्योगमा काम गर्नुहुन्छ । बेबी क्यारियरमा छोरी बोकेर आउनुभएकी गुरुङले निकै सकसले फारम भरिरहनुभएकाे  थियाे ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका