लन्डन । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले युक्रेनमा जारी रुसको विशेष सैन्य कारबाहीका बीचमा राष्ट्रपति भोलोडिमिर जेलेन्स्की र उहाँको परिवारलाई बेलायतमा शरण दिने प्रस्ताव गरेको बताउनुभएकाे छ।
बेलायतका प्रधानमन्त्री जोनसनले जेलेन्स्कीसँग नियमित कुराकानी हुने, उहाँ एक ‘निक्कै आकर्षक व्यक्तित्व भएको र प्रेरणाको स्रोत पनि सावित भएको बताउनुभएकाे छ।
बेलायती प्रधानमन्त्रीका अनुसार जेलेन्स्की र उहाँको परिवारले बेलायतमा शरण लिने सम्भावनाबारे छलफल भएको थियो। भोलोडिमिर सधैं स्पष्ट रहेका, उहाँको कर्तव्य युक्रेनी जनताप्रति भएको र उहाँ त्यहीँ बसी जनताको हेरचाह गर्ने उहाँले बताउनुभयाे । आफूले उहाँको प्रशंसा गर्ने जोनसनले बताउनुभयाे।
रुसका अनुसार डोनेट्स्क र लुहान्स्क जनवादी गणतन्त्र (डीपीआर र एलपीआर) ले युक्रेनविरुद्ध आफूलाई बचाउन मद्दत मागेपछि गत फेब्रुअरी २४ मा रूसले युक्रेनमा विशेष सैन्य कारबाही सुरु गरेको हो।
रुसको आक्रमणको उद्देश्य युक्रेनलाई असैन्यीकरण र ‘डिनाजिफाइ’ गर्नु भएको र केवल सैन्य पूर्वाधारलाई लक्षित गरिएको रुस बताउँदै आएको छ। सर्वसाधरण नागरिक खतरामा नभएको र युक्रेन कब्जा गर्ने कुनै योजना नभएको मस्कोले बारम्बार उल्लेख गर्दै आएको छ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका अनुसार रुसको डोनबासका जनता जोगाउने लक्ष्य छ जो आठ वर्षदेखि किभ शासनद्वारा दुर्व्यवहार र नरसंहारको शिकार भएका छन्।