काठमान्डाैँ । चलचित्र ‘शमशेर’मा नायक गौरव पहारी अनुबन्धित हुनुभएकाे छ । उहाँ अनुबन्धित भए संगै निर्माण पक्षले उहाँको डरलाग्दो रुप समेत पोस्टर मार्फत सार्वजनिक गरेको छ। चलचित्रमा उहाँ रागवको भूमिकामा देखिदै हुनुहुन्छ।
चलचित्रमा अर्का नायक मनिष राउत ‘शमशेर’को भूमिकामा देखिने हुनुभएकाे छ । उहाँको एक्सन अवतर समेत निर्माण पक्षले सार्वजनिक गरिसकेको छ। चलचित्रको फस्टलुक हेर्दा दुई नायकहरु बीचको लडाई चलचित्रमा देखिने आकलन गर्न सकिन्छ।
एक्सन जनरामा बन्न लागेको चलचित्रलाइ एभरेष्ट फिल्म एकेडेमी र डी आर डेनिमको सहकार्यमा निर्माण गरिन लागिएको हो ।
चलचित्रमा अभिनेत्री भने फाइनल भैसकेको छैन हाल निर्माण टिम अभिनेत्रीको खोजीमा छन् चलचित्रको छायांकन काठमाडौँ, दुबई, सोलुखुम्बु र ढोरपाटनमा हुने छ।
सीबर्ड्स इन्टरटेनमेन्टको ब्यानर रहेको चलचित्रमा मनिष र गौरवको अलावा सुमन थापा, सबिन शाक्य, रुपेश कार्की, रुपेश लामा, आशिस पराजुली लगायतका कलाकारको अभिनय हुनेछ। चलचित्रमा अर्जुन पोखरेलको संगीत समावेश रहेको छ ।