'एमसीसीको सन्दर्भमा कम्युनिष्ट पार्टीका नेताहरुले दोहोरो चरित्र देखाए':-प्रकाशमान सिंह • Nepal's Trusted Digital Newspaper'एमसीसीको सन्दर्भमा कम्युनिष्ट पार्टीका नेताहरुले दोहोरो चरित्र देखाए':-प्रकाशमान सिंह • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • ‘एमसीसीको सन्दर्भमा कम्युनिष्ट पार्टीका नेताहरुले दोहोरो चरित्र देखाए’:-प्रकाशमान सिंह

‘एमसीसीको सन्दर्भमा कम्युनिष्ट पार्टीका नेताहरुले दोहोरो चरित्र देखाए’:-प्रकाशमान सिंह

  • समाचारपाटी
  • आइतवार, चैत्र ६, २०७८
‘एमसीसीको सन्दर्भमा कम्युनिष्ट पार्टीका नेताहरुले दोहोरो चरित्र देखाए’:-प्रकाशमान सिंह

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कम्युनिष्ट पार्टीका नेताहरु जनता सामु एउटा र अन्तर्राष्ट्रिय जगतमा अर्को कुरा गर्न माहिर रहेको बताउनुभएकाे छ । एमसीसीको सन्दर्भमा कम्युनिष्ट पार्टीका नेताहरुले दोहोरो चरित्र देखाएको भन्दै उहाँले उक्त कुरा बताउनुभएकाे हाे ।

चुनावी अभियान अन्तर्गत आज बिहान काठमाडौं क्षेत्र नं. १ को बुद्धनगरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिंहले कम्युनिष्ट पार्टीहरु भ्रमको खेती गर्न खप्पीस रहेको आरोप लगाउनुभएकाे हाे ।

सिंहले भन्नुभयाे:- चुनाव नजिक आइसकेकाले भ्रमको खेती गर्नेहरुका बारेमा मतदाताका घर–घरमा पुगेर वास्तविकता बताउनुपर्छ । जनताको बिचमा सही विचार र सूचना पुर्याउन अल्छी नगर्नुस् ।

जुनसुकै छिमेकी मुलुकले राष्ट्र र जनताको हितमा दिने सहयोग लिन सकिने भन्दै उहाँले राजनीति मुलुक र जनताको हितलाई ध्यानमा राखेर गर्ने कुरामा आँफू प्रष्ट रहेको बताउनुभयाे ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका