जनताको बलले गठबन्धनलाई परास्त गर्दछ:- नेकपा नेता कृष्ण थापा • Nepal's Trusted Digital Newspaperजनताको बलले गठबन्धनलाई परास्त गर्दछ:- नेकपा नेता कृष्ण थापा • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • जनताको बलले गठबन्धनलाई परास्त गर्दछ:- नेकपा नेता कृष्ण थापा

जनताको बलले गठबन्धनलाई परास्त गर्दछ:- नेकपा नेता कृष्ण थापा

  • समाचारपाटी
  • आइतवार, चैत्र ६, २०७८
जनताको बलले गठबन्धनलाई परास्त गर्दछ:- नेकपा नेता कृष्ण थापा

पाेखरा । नेकपा (एमाले) केन्द्रीय सदस्य कृष्ण थापाले निर्वाचनमा जस्तोसुकै गठबन्धन बिरुद्धमा पार्टी एक्लै लडन तयार रहेको बताउनु भएको छ । नेकपा एमाले पोखरा १७ सिद्धार्थराजमार्ग उत्तर दक्षिण टोल कमिटिको अधिवेशनमा बोल्दै उहाँले जनताको बलमा एमालेले गठनबन्धनलाई परास्त गर्ने बताउनुभयो ।

सुखी नेपाली समृद्ध नेपाल अभियानलाई पुरा गर्ने लक्ष्यका साथ अघि बढेको एमालेलाई जनताको साथ र सहयोग रहेको विश्वास व्यक्त गर्दै उहाँले जन अपेक्षा पुरा गर्नका लागि संगठित भएर अघि बढ्न कार्यकर्तालाई निर्देशन गर्नुभयो ।

गण्डकी प्रदेश सभा सदस्य समेत रहनु भएका थापाले संघीय र प्रदेश सरकारले ठूला विकास योजनाको बजेट कटौती गरेर जनताप्रति कुठाराधात गरेको आरोप लगाउनुभयो ।

आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा हात्तीको कानमा टाँस्सिएका चमेराहरुको हैसियत नेपाली जनताले देखाई दिने बताउँदै नेता थापाले इमान्दार र सच्चा कम्युनिष्ट कार्यकतालाई डेरा छोडेर एमाले मूल घरमा फर्कन आग्रह गर्नुभयो ।

कार्यक्रममा पोखरा १७ का वडाअध्यक्ष तिर्थराज अधिकारीले पाँच बर्षको अवधिमा वडामा चार अर्व भन्दा बढी रकमबाट सडक, खानेपानी लगायतका विकास निर्माणका काम भएको उल्लेख गर्दै भौगोलिक हिसावले ठूलो वडा भएको कारण कतिपय काम अझै पनि पुरा गर्न नसकिएको बताउनुभयो ।

टोल कमिटि अध्यक्ष सविता भण्डारीको अध्यक्षतामा सम्पन्न भएको  कार्यक्रममा नेकपा एमाले कास्की जिल्ला कमिटि सदस्य भेषराज बराल, प्रेस चौतारी नेपालका केन्द्रीय सचिव सुष्मा पौडेल, कार्यपालिका सदस्य राधीका शाही योगी, एमाले १७ का वडाअध्यक्ष ऋण तिमिला, पार्टी पूर्व अध्यक्ष सुभाष ढुङगाना लगायतले पार्टीको गतिविधि तथा विकास निर्माणका पक्षमा चर्चा गर्नुभएको थियो ।

अधिवेशनले राधीका शर्माको अध्यक्षतामा २१ सदस्यीय नयाँ कमिटि सर्वसम्मत चयन गरेको छ । सो कमिटिको उपाध्यक्षमा लाल बहादुर गिरी, सचिवमा सिता सुवेदी ढकाल, सहसचिवद्धय शोभा सुवेदी र गंगा शर्मा रहनु भएको छ ।

त्यसै गरि सदस्यहरुमा बुद्धि भण्डारी, सिता ढकाल, कृष्ण ढकाल, कुष्ण क्षेत्री, गणेश गिरी, शोभा त्रिपाठी, विजया बराल, भगवती बराल, नानुमाया थापा, शिवराज बराल, हरिप्रसाद बराल, सावित्री अधिकारी, सिता सापकोटा, दिलमाया गुरुङ, कमला शर्मा, द्रौपती ढकाल र गंगा तिवारी रहनु भएको छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका