कास्कीमा १४७१ जना म्यादी प्रहरीकाे लागि खुल्याे भर्ना ! • Nepal's Trusted Digital Newspaperकास्कीमा १४७१ जना म्यादी प्रहरीकाे लागि खुल्याे भर्ना ! • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • कास्कीमा १४७१ जना म्यादी प्रहरीकाे लागि खुल्याे भर्ना !

कास्कीमा १४७१ जना म्यादी प्रहरीकाे लागि खुल्याे भर्ना !

  • समाचारपाटी
  • आइतवार, चैत्र ६, २०७८
कास्कीमा १४७१ जना म्यादी प्रहरीकाे लागि खुल्याे भर्ना   !

पाेखरा । स्थानीय निर्वाचन २०७९ को लागि प्रहरी प्रधान कार्यालय नक्साल, काठमाण्डौँबाट म्यादी प्रहरी भर्ना सम्बन्धी सूचना जारी भएकाे छ । सूचनामा जारी गरे अनुसार जिल्ला प्रहरी कार्यालय कास्कीमा १४७१ जना म्यादी प्रहरीकाे लागि भर्ना खुलेकाे छ । सूचनामा भने बमाेजिम योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूले दरखास्त फाराम भर्नेकाे लागि  स्वयम् उपस्थित हुनुपर्नेछ ।

सुचनामा भनिएकाे छ , दरखास्त दिने मिति चैत्र ६ गते देखी चैत्र ११ गते सम्म समय बिहान १०:०० बजे देखी  ५:०० बजे सम्म ,सार्वजनिक बिदाको दिन बाहेक अरू दिन, जिल्ला प्रहरी कार्यालय, कास्कीमा दरखास्त फाराम पाइने र बुझाउन सकिने छ ।  फारममा उमेर आवश्यक न्यूनतम योग्यता भर्नुपर्ने, म्यादी प्रहरी भर्ना हुनका लागि  १८ वर्ष पुरा भएका ५४ वर्ष ननाघेको हुनुपर्ने , नेपाली नागरिक हुनुपर्ने, कुनै नैतिक पतन देखिने, फौजदारी अभियोगमा कसुरदार नठहरिएको,  कुनै राजनैतिक दलको सदस्य नरहेको,  शारीरिक तथा मानसिक रूपले तन्दुरुस्त रहेको, साधारण लेखपढ गर्न जान्ने,  प्रहरी नियमावली, २०७१ (संशोधन सहित)को अनुसूची-  प्रकरण (३) को (छ) र (ज)
मा उल्लेख भए बमोजिम हुनु पर्ने ।

म्यादी प्रहरी भर्नाको लागि  सुरक्षा निकाय (नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपाल) मा २०७८ श्रावण १ गतेदेखि विभिन्न पदमा भर्नाको लागि आवेदन दिई शारीरिक तन्दुरुस्ती र स्वास्थ्य परीक्षणमा उत्तीर्ण भई प्रवेश पत्रको प्रतिलिपि पेश गर्ने व्यक्तिहरू,  नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालमा कार्यरत रही निवृत्तिभरण वा उपदान प्राप्त पूर्व सुरक्षाकर्मीहरू तथा पूर्व वन रक्षकहरू,  विदेशी मित्र राष्ट्रका सुरक्षा निकायहरूमा काम गरी सेवा निवृत्त नेपाली नागरिक,  विगतका निर्वाचनहरूमा म्यादी प्रहरीको रूपमा भर्ना भई सन्तोषजनक कार्य गरेका व्यक्तिहरूलाई प्राथमिकता दिईनेछ ।

जिल्ला प्रहरी कार्यालय, कास्कीमा  चैत्र १३ गते बिहान १० बजे  सम्पर्क गर्ने सकिने छ । चैत्र १५ गतेदेखि  फाराम भर्ने नागरिकहरूलाई छनौट  गरिने छ, छनाेट भएकाकाे नतिजा चैत्र २२ गते प्रकाशन गरिने , चैत्र २८ गतेदेखि प्रशिक्षण सुरु हुनेछ, निर्वाचनमा खटिने म्यादी प्रहरीको कार्य अवधि बढीमा ४० दिन सम्मको हुनेछ  ।

म्यादी प्रहरीका लागि नेपाल प्रहरीको जवान सरह (आधारभूत तलव  मासिक रू.२२,६८०।-) बढीमा ४० दिन सम्मको लागि व्यक्तिगत बैंक खातामा रकम जम्मा गरी दिने गरी जम्मा रु.३०,२४०, खाद्यान्न बापत प्रति व्यक्ति एकमुस्ट रु.७,२०० र पोसाक तथा अन्य सामान खरीद गर्ने गरी प्रति व्यक्ति रु.६,००० का दरले उपलब्ध गराइने छ ।

निर्वाचनको क्रममा खटिने म्यादी प्रहरीहरूलाई खटिएको ठाउँमा आउन र जाने तयारी स्वरूप प्रति म्यादी प्रहरी एक पटकको लागि रु.१,००० का दरले तयारी खर्च उपलब्ध गराइने छ ।  बीमा लगायतका अन्य सुविधा नेपाल सरकारले तोके बमोजिम हुनेछ ।

म्यादी प्रहरी भर्ना सम्बन्धी सूचना

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका