कालिका पव्लिक कलेज अध्यक्षमा गिता आचार्य निर्विरोध चयन • Nepal's Trusted Digital Newspaperकालिका पव्लिक कलेज अध्यक्षमा गिता आचार्य निर्विरोध चयन • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • कालिका पव्लिक कलेज अध्यक्षमा गिता आचार्य निर्विरोध चयन

कालिका पव्लिक कलेज अध्यक्षमा गिता आचार्य निर्विरोध चयन

  • समाचारपाटी
  • आइतवार, चैत्र ६, २०७८
कालिका पव्लिक कलेज अध्यक्षमा गिता आचार्य निर्विरोध चयन

पोखरा । पोखराको रामवजारमा अवस्थित कालिका पव्लिक कलेजले आफ्नो पहिलो सिनेट साधारण सभा सम्पन्न गरेको छ । २०६४ सालमा स्थापित कलेजको पहिलो सिनेट अध्यक्षको रुपमा गिता आचार्य निर्विरोध चयन हुनुभएको छ ।

१ सय ६६ जना सिनेट सभासद रहेको कलेजको साधारण सभाले सदस्यहरुमा पुर्णचन्द्र न्यौपाने, सुरेश कुमार ध्वजु, निर्मला कार्की भण्डारी, राम बहादुर थापा र कुमार थिङ लाई निर्विरोध निर्वाचित गरेको छ ।

सभाको सम्वोधन गर्ने गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङ्गले शिक्षा सवैको पहँचमा पुर्याउन पव्लिक कलेजहरुको ठुलो महत्व रहने धारणा व्यक्त गर्नुभयो ।

उहाँले शिक्षालाई व्यवहारिक र जिवन उपयोगी वनाउन आवश्यक रहेको धारणा पनि राख्नु भयो । कार्यक्रममा संघीय सांसद खगराज अधिकारीले शिक्षा क्षेत्रमा हुने कुनै पनि राजनीतिको विरोध गर्नुभयो । उहाँले शिक्षाका विषयमा आम मानिसको धारणामा सकारात्मक परिवर्तन आवश्यक रहेको समेत जानकारी दिनुभयो ।

यस्तै सामाजिक विकास तथा शिक्षा मन्त्री मेखलाल श्रेष्ठले शिक्षाका लागि प्रदेश सरकार सँधै सकारात्मक रहेको भन्दै जनअपेक्षा पुरा हुने गरी काम गर्न अनुरोध गर्नुभयो ।

उहाँले शिक्षा समाज परिवर्तनको मुल आधार भएको शैक्षिक क्षेत्रमा हुने राजनीति वन्द गर्नुपर्नेमा पनि उहाँको जोड थियो । साथै केन्द्र सरकारले संघीयताको मर्म अनुरुप काम गर्ने पनि उहाँको भनाई थियो ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका