पोखरा भाँडा व्यवासायी सघंको १५ औं साधारण सभा सम्पन्न • Nepal's Trusted Digital Newspaperपोखरा भाँडा व्यवासायी सघंको १५ औं साधारण सभा सम्पन्न • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • पोखरा भाँडा व्यवासायी सघंको १५ औं साधारण सभा सम्पन्न

पोखरा भाँडा व्यवासायी सघंको १५ औं साधारण सभा सम्पन्न

  • समाचारपाटी
  • शनिबार, चैत्र ५, २०७८
पोखरा भाँडा व्यवासायी सघंको १५ औं साधारण सभा सम्पन्न

प्रल्हाद चन्द्र घिमिरे, पोखरा, ५ चैत । पोखरा भाडाँ व्यवासायी सघं कास्कीको १५ औ साधारण सभा शनिवार सम्पन्न भएको छ । भाडाँ व्यवासायी सघंको साधारण सभालाई सम्बोधन गर्दै प्रमुख अतिथि नेपाल उद्योग बाणिज्य सघंका पुर्व अध्यक्ष आन्नदराज मुल्मीले आफ्नाे मन्तव्य राख्नुभएकाे थियाे ।

पुर्व अध्यक्ष आन्नदराज मुल्मीले  करको नाममा सरकारले व्यावसायीहरुलाइ आतंङकित पार्ने काम गरेको , सामान्य व्यवासायिक प्रबर्धनको लागी आफ्नै व्यवासाय परिषरमा राखिएको समान्य सुचना पाटीको समेत कर लिने नितिका कारण व्यवासायिहरु दोहाेरो करको पेलाइमा परेको समेत उहाँको भनाई थियो ।

पोखरा उद्योग बाणिज्य सघंका वरिष्ठ उपाध्यक्ष पवन कुमार प्रजापतिले कोविडका कारण बिस्थापित भएका व्यवसायिहरुलाई पुनःस्थापित गर्नको लागी सरकारले व्यवस्थित र बिश्वासिलो निति लिन अनुरोध गर्नुभएकाे थियाे ।

कार्यक्रममा एस ई ई र प्लस टुमा उत्कृष्ट नतिजा ल्याउन सफल व्यवासायिका ३ जना छोराछोरीहरुलाई सम्मान गरीएको थियो । साथै कार्यक्रममा वरिष्ठ तथा उत्कृष्ट भाडाँ व्यवासायि पुरुषेतम श्रेष्ठलाई सम्मान गरीएको थियो ।

सस्थाले सामाजिक उतरदायित्व अन्तर्गत पोखरा वडा नं १२ स्थित सरस्वती आधारभुत बिधालयका १५३ जना विधार्थीलाई शैक्षिक तथा खेलकुद सामग्रीहरु बितरण गरेको थियो । विश्वव्यापी काेविडका कारण अस्तव्यस्त रहेको व्यवासाय र व्यवासायीलाई आवश्यकता अनुसार कोविड खोप र अन्य प्रर्बधनात्मक कार्यक्रम सघंले काम गरेको समेत सघंका अध्यक्ष नरेन्द्र प्रसाद आचार्यले जानकारी दिनुभयो ।

उहाँका अनुसार पोखरा क्षेत्रमा आजिवन सदस्य ७६ जना र साधारण सदस्य १ सय ५ जना रहेका छन । सघंको साधारण सदस्यको लागी १५ सय र अजिवन सदस्यका लागी रु १० हजार तोकेको समेत कार्यक्रममा जानकारी दिनुभयाे । सघंले एक बर्षमा बिभिन्न गतीबिधिका लागी ४ लाख ७६ हजार रुपैँया खर्च गरेको छ भने क्यालेन्डर प्रकाशन सदस्यता शुल्क र अन्य सहयोग बाट ६ लाख ५० हजार आम्दानी गरेको सघंका कोषाध्यक्ष ओकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

कार्यक्रममा सस्थापक अध्यक्ष तथा  वडा नं ३ का वडाध्यक्ष रबिन्द्र बहादुर प्रजु, एल पी ग्याँसका सञ्चालक बालकृष्ण कोइराला, प्लास्टिक व्यवासायी सघंका अध्यक्ष श्री रामगौतम लगायतका व्यक्तीहरु बोल्नुभएकाे थियाे । भने कार्यक्रम सञ्चालन सस्थाका सचिव लक्ष्मि प्रसाद अधिकारीले गर्नुभएकाे थियाे ।

 

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका