काठमान्डाैँ । हाल देशमा पश्चिमी न्युन चापिय प्रणालीको सामान्य प्रभाव रहेको छ। प्रदेश १ मा आंशिक देखि सामान्य बदली रही देशका पहाडी भू-भागमा आंशिक बदली र अन्य भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।
जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाका अनुसारका अनुसार आज दिउँसो सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र प्रदेश १ लगायत बाँकी प्रदेशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली र अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने छ।
देशका पहाडी भू-भागका थोरै स्थानहरुमा मेगगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेकाे छ। हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको संभावना रहेको छ।
आज रातीमा पनि सुदुर पश्चिम, कर्णाली, गण्डकी प्रदेश र प्रदेश १ का पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली र अन्य भू-भागमा सामान्यतया मौसम सफा रहने छ। देशका पहाडी भू-भागका एक दुई स्थानमा मेगगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ।