प्युठानमा बस दुर्घटना हुँदा एक बालकको मृत्यु, २२ जना घाइते • Nepal's Trusted Digital Newspaperप्युठानमा बस दुर्घटना हुँदा एक बालकको मृत्यु, २२ जना घाइते • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • प्युठानमा बस दुर्घटना हुँदा एक बालकको मृत्यु, २२ जना घाइते

प्युठानमा बस दुर्घटना हुँदा एक बालकको मृत्यु, २२ जना घाइते

  • समाचारपाटी
  • शनिबार, चैत्र ५, २०७८
प्युठानमा बस दुर्घटना हुँदा एक बालकको मृत्यु, २२ जना घाइते

दाङ । प्युठानको रातामाटाबाट दाङ आउँदै गरेको बस दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ । प्युठानबाट दाङको घोराही आउँदै गरेको यात्रु बस शनिबार बिहान साढे ११ बजे प्युठानको माण्डवी गाउँपालिका–२ नजिकै दुर्घटना हुँदा एक जना बालकको मुत्यु भएको छ भने २२ जना घाइते भएका छन् ।

मुत्यु हुनेमा दाङको घोराही–३ का १ वर्षीय बालक अंशु परियार रहेको प्रहरी कार्यालय प्युठानका डीएसपी सत्यनारायण थापाले बताउनुभयाे । उहाँका अनुसार घाइते २२ जनालाई उपचारका लागि दाङ स्थित राप्ती स्वाथ्य विज्ञान प्रतिष्ठानमा लगिएको छ । घाइते सबैको अवस्था सामान्य रहेकाे डीएसपी थापाले बताउनुभयाे ।

प्युठानबाट घोराही आउँदै गरेको ना ३ ख ७१३२ नम्बरको बस प्युठानको माण्डवी गाउँपालिका–२ सेतोपरामा दुर्घटना भएको हो । करिब ३० जना यात्रु बोकेको बस अनियन्त्रित हुँदा सडकदेखि ७० मिटर तल खसेको थियो ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका