थप १७ जनामा कोरोना संक्रमण पुष्टि • Nepal's Trusted Digital Newspaperथप १७ जनामा कोरोना संक्रमण पुष्टि • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • थप १७ जनामा कोरोना संक्रमण पुष्टि

थप १७ जनामा कोरोना संक्रमण पुष्टि

  • समाचारपाटी
  • शनिबार, चैत्र ५, २०७८
थप १७ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने  आज पनि कोरोना संक्रमणबाट कसैको मृत्यु भएको छैन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ९९३ जनाको पीसीआर परीक्षण गर्दा ८ जना र २ हजार ५५० जनाको एन्टीजेन परीक्षण गर्दा ९ जना गरी १७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा ४०९ जना कोरोनाबाट निको भएका छन् भने हाल ३ हजार ५९५ जना संक्रिय संक्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा ८ हजार ७२९ जनाले काेराेना विरूद्धकाे खाेप लगाएका छन् । ४ हजार ५५४ जनाकाे काेराेनाकाे नमुना परीक्षण भएकाे छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका