डायमण्ड शैक्षिक मेलाको तयारी अन्तिम चरणमा • Nepal's Trusted Digital Newspaperडायमण्ड शैक्षिक मेलाको तयारी अन्तिम चरणमा • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • डायमण्ड शैक्षिक मेलाको तयारी अन्तिम चरणमा

डायमण्ड शैक्षिक मेलाको तयारी अन्तिम चरणमा

  • समाचारपाटी
  • शनिबार, चैत्र ५, २०७८
डायमण्ड शैक्षिक मेलाको तयारी अन्तिम चरणमा

लेखनाथ । कास्कीको पोखरा महानगरपालिका वडा नं. २७ तालचोकमा रहेको डायमण्ड माध्यमिक विद्यालयमा डायमण्ड शैक्षिक मेला २०७८ को तयारी अन्तिम चरणमा पुगेको छ ।

शैक्षिक मेला २०७८ को तयारी पूरा भएकाे  डायमण्ड माध्यमिक विद्यालयका  प्राचार्य यम बहादुर रोकाले  एक कार्यक्रमका बिच  जानकारी दिनुभएको छ ।

मेलामा विविध विषयका शैक्षिक सामग्रीको प्रदर्शन प्रतिभाहरुको प्रस्तुती, खेल तथा मनोरञ्जन र स्वादिष्ट खाद्यपरिकारको स्टल तथा साँस्कृतीक कार्यक्रम प्रर्दशन गरिने विद्यालयका संयोजक विकास लामिछानेले जानकारी दिनुभएको छ ।

विद्यार्थीको सिर्जनात्मक ज्ञान र रचनात्मक, सीपको प्रर्दशनीका लागि “ज्ञान र मनोरञ्जन एकै ठाउँमा“ भन्ने उद्घोषका साथ  डायमण्ड शैक्षिक मेला–२०७८ को आयोजना गरिएको विद्यालयका निर्देशक माधव शरण उपाध्यायले जानकारी दिनुभएको छ । मेला आगामि चैत ६ गते आइतबार विद्यालयको प्रङ्गणमा विहान १० बजे देखि दिनको ३ बजे सम्म संचालन गरिने बताई्रएको छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका