आयु लम्ब्याउन मन छ ? • Nepal's Trusted Digital Newspaperआयु लम्ब्याउन मन छ ? • Nepal's Trusted Digital Newspaper

आयु लम्ब्याउन मन छ ?

  • समाचारपाटी
  • शनिबार, चैत्र ५, २०७८
आयु लम्ब्याउन मन छ ?

तपाईंले दैनिक दिनचर्यामा प्राय: प्रयोग गर्ने आफ्नो शरीरको हातका सबैभन्दा प्रभावकारी मांशपेशीले तपाईंको आयु लम्ब्याउने रहेछ ।

थुप्रै स्वास्थ्य तथा फिटनेस विशेषज्ञहरूले जीवनको उत्तरार्धमा वा उमेरले ६५ पार गरेपछि अधिकांश व्यक्तिको मृत्यु लडेर चोटपटक लागेर हुने भएकाले हामीले आफ्ना हात मजबुत बनाउनुपर्ने सल्लाह दिन्छन् ।

विश्वकै तथ्याङ्कअनुसार लडेर लाग्ने चोटपटकबाट मर्ने खतरा दिन प्रतिदिन बढ्दै गइरहेको छ । सन् २००९ देखि २०१८ सम्ममा लडेर मर्नेको संख्यामा ३० प्रतिशतले वृद्धि भएको तथ्याङ्कले देखाउँछ ।

लडखडाएर वा चिप्लिएर लड्न खोज्दा यदि तपाईंका हातहरू दह्रो भएमा शरीरलाई समयमै सम्हाल्न सकिन्छ ।

यूएनसी चार्लोटेका काइनसियोलाजिस्ट डेविड बेल्लर भन्छन्, “विशेषगरी लौरो, वाकर वा ह्यान्डरेल्स प्रयोग गर्ने वा मेचबाट उठ्न समेत अरूको सहयोग आवश्यक हुने वृद्धवृद्धाका लागि हातका मांशपेशी बलियो हुनु अत्यावश्यक छ । बलिया हातको अर्थ कतै लड्न लाग्दा शरीरलाई आड भरोसा दिनुसम्ममा मात्रै सीमित छैन ।”

वैज्ञानिकहरूले बलिया हातको मानिसको स्वस्थ मुटसँग पनि सरोकार रहेको दाबी गरेका छन् ।

अमेरिकी जर्नल अफ प्रिभेन्टिभ मेडिसिनमा गरिएको एक अध्ययनले हातको पकड बलियो हुनुसँग न्युन रक्तचाप, न्युन रगत चिनी र उच्च असल कोलेस्टरल स्तरको समबन्ध रहेको देखाएको छ ।

हात कडा पार्ने सबैभन्दा प्रभाबकारी व्यायाम भनेको ‘डेड ह्यान्ग’ हो । खुट्टालाई जमिनबाट माथि राखेर हातले डन्डीको बारमा झुण्डिएर यो कसरत गरिन्छ । सकेसम्म लामो समय त्यसरी झुण्डिएर शरीरलाई हातकै बलमा तल माथि लाने गर्नुपर्दछ । जिम वा घरैमा पनि दुई हातमा गह्रुँगो वस्तु लिएर यताउता हिँडेर पनि व्यायाम गर्न सकिन्छ । हत्केलालाई बेस्सरी मुठ्ठी कस्न पनि सकिन्छ ।

नाडी बलियो बनाउन र बाथको दुखाइबाट आराम पाउन पावर बललाई हातमा घुमाएर पनि व्यायाम गर्न सकिन्छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका