पाेखरा । नेपाली काँग्रेस गण्डकी प्रदेश कार्य समितिका ७२ जना सदस्यहरु लाई ३६ प्रदेश सभा निर्वाचन क्षेत्रमा निवार्चन केन्द्रित कार्यक्रममा खटाईएको छ ।
नेपाली काँग्रेस समितिका सदस्यहरु लाई गण्डकी प्रदेशका ११ जिल्ला अन्र्तगतका ३६ प्रदेश सभा निर्वाचन क्षेत्रमा निवार्चन केन्द्रित कार्यक्रम तय गरी खटाईएको हाे ।
खटिएका सवै प्रतिनिधि लाई एक दिने प्रशिक्षण कार्यक्रम संचालन गरीएको हाे । उक्त कार्यक्रममा नेपाली काँग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्मा ले खटिएका प्रतिनिधिहरु लाई जिल्ला क्षेत्रीय तथा प्रदेश सभा क्षेत्रीय कार्यसमिति संग समन्वय गरी पार्टी ले दिएको जिम्मेवारी पुरा गरी प्रतिवेदन पेश गर्न निर्देशन दिनु भएकाे छ ।
कार्यक्रममा गण्डकी प्रदेश का महामन्त्रि किरण वावु श्रेष्ठ र प्रशिक्षक द्वय प्रा. डा. कुसुमाकर न्यौपाने डा. शेरषरमण न्यौपानेले काम कर्तव्य र विषय बस्तुमाथि सहभागीहरु लाई प्रशिक्षण दिनु भयो । कार्यक्रम मा नेपाली काँग्रेसका नेता रामचन्द्र पोखरेल ले सहभागीहरु लाई शुभकामना दिनु भएको थियो ।