‘हेल्लो जिन्दगी’ का लागि सपरिवार काठमाडौं
काठमाडौं । बेलायत निवासी अभिनेता तथा निर्माता बिक्रम डि जोशी आफ्नो फिल्म ‘हेल्लो जिन्दगी’ को प्रमोशनका लागि शुक्रबार काठमाडौं उत्रिनुभएकाे छ । उहाँलाई ‘रिसिभ’ गर्न निर्देशक एभरेष्ट सूर्य बोहरा, मुख्य सहायक निर्देशक सुदीप कुँवर,सहनिर्मात्री तथा अभिनेत्री सविता गुरुङलगायतका कलाकर्मी त्रिभुवन अन्तरराष्ट्रिय बिमल स्थल पुग्नुभएकाे थियाे । स–परिवार स्वदेश आउनुभएका उहाँलाई बिमान स्थलमा पन्चकन्याले स्वागत गरेका थिए ।
चैत्र १८ मा प्रदर्शन हुने ‘हेल्लो जिन्दगी’ मा बिक्रम प्रमुख भूमिकामा रहनुभएकाे छ । उहाँले करिब चार बर्षपछि यही फिल्मको प्रमोशन तथा रिलिजका लागि आफू मातृभूमि फर्किएको बताउनुभयाे । हरेक कोणबाट फिल्म गुणस्तरिय बनेकाले आफू निकै आशावादी रहेको उहाँले सुनाउनुभयाे।
बिक्रम पत्नी तथा ‘हेल्लो जिन्दगी’ की निर्मात्री हिराल जोशीले कन्टेन दह्रो रहेकाले दर्शकले फिल्म मन पराउने बिश्वास ब्यक्त गर्नुभयाे । पछिल्लो समय प्रचारप्रसारमा खरो रुपमा उत्रिएको ‘हेल्लो जिन्दगी’ मा बिक्रमका साथमा प्रियंका कार्की, विल्सन बिक्रम राई, बिक्रान्त बस्नेत, निर्देशक बोहरा स्वयम्, सबिता गुरुङ, सनमकुमार बैराग, बिभिया श्रेष्ठ, जानकी पन्त (जुन), ध्रुव दत्त, कुमुद पन्तलगायतको अभिनय छ ।
सत्य घटनाबाट प्रभावीत फिल्मको निर्माता बिक्रम डि जोशी र हिराल जोशी हुनुहुन्छ भने कार्यकारी निर्मातामा सृजना जोशी महर्जन अनि सहनिर्मात्रीमा सबिता गुरुङ रहनुभएकाे छ । महारानी इन्टरटेन्मेन्ट युके र एभरेष्ट सूर्य बोहरा फिल्मस्सँगको सहकार्यमा बिरञ्जना इन्टरटेन्मेन्टको प्रस्तुति रहेको फिल्ममा डि क्रिएटिभ स्टुडियो, युके र काम्मा इन्टरटेन्मेन्ट, इन्डिया लाइन प्रोड्युसर छन् ।
‘हेल्लो जिन्दगी’ को केही दिन अघि ‘कता कता’ बोलको रोमान्टिक गीत सार्वजनीक गरिएको थियो । अब छिट्टै नै लोकशैलीको एक गीत दर्शकमाझ ल्याउने तयारी गरिएको जानकरी निर्देशक बोहराले जानकारी दिनुभयाे ।