काठमाडौं । पछिल्लो २४ घण्टामा थप ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने आज पनि कोरोना संक्रमणबाट कसैको मृत्यु भएको छैन ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ५२९ जनाको पीसीआर परीक्षण गर्दा १२ जना र ३ हजार ३२२ जनाको एन्टीजेन परीक्षण गर्दा ३९ जना गरी ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा ३९२ जना कोरोनाबाट निको भएका छन् भने हाल ३ हजार ९९६ जना संक्रिय संक्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा २९ हजार ३९० जनाले काेराेना विरूद्धकाे खाेप लगाएका छन् । ५ हजार ९१४ जनाकाे काेराेनाकाे नमुना परीक्षण भएकाे छ ।