आईसीसी क्रिकेट विश्वकप लिग टू:- युएईले नेपाललाई दियाे १६९ रनको लक्ष्य • Nepal's Trusted Digital Newspaperआईसीसी क्रिकेट विश्वकप लिग टू:- युएईले नेपाललाई दियाे १६९ रनको लक्ष्य • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • आईसीसी क्रिकेट विश्वकप लिग टू:- युएईले नेपाललाई दियाे १६९ रनको लक्ष्य

आईसीसी क्रिकेट विश्वकप लिग टू:- युएईले नेपाललाई दियाे १६९ रनको लक्ष्य

  • समाचारपाटी
  • शुक्रबार, चैत्र ४, २०७८
आईसीसी क्रिकेट विश्वकप लिग टू:- युएईले नेपाललाई दियाे १६९ रनको लक्ष्य

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टूमा युएईले नेपाललाई १६९ रनको लक्ष्य दिएको छ । नेपाली बलरले उत्कृष्ट प्रदर्शन गरेपछि दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टोली युएई ४६.३ ओभरमा १६८ रनमै अलआउट भएको हो ।

सोमपाल कामीले पावर प्ले भित्रै ३ विकेट लिँदै नेपाललाई उत्कृष्ट सुरुवात दिलानुभएकाे थियाे । युएईका लागि मध्यक्रमका सीपी रिजवान र रोहन मुस्ताफाले इनिङ्स सम्हाल्ने प्रयास गरे पनि नेपाली बलरले पुनरागमन गर्नुभयाे ।

नेपाली तीव्र बलर सोमपाल कामीले युएईका शीर्षक्रमका तीन ब्याटरलाई आउट गर्नुभयाे । सोमपालले चौथो ओभरमा ओपनर चिराग सुरीलाई ६ रनको व्यक्तिगत स्कोरमा विकेटकिपर आसिफशेखबाट क्याच आउट गराउनुभएकाे थियाे भने ५.१ ओभरमा भृत्य अरविन्दलाई ३ रनको व्यक्तिगत स्कोरमा आसिफबाटै क्याच आउट गराउनुभयाे ।

९.१ ओभरमा सोमपालले तेस्रो विकेट लिने क्रममा अर्का ओपनर मोहम्मद वासिमलाई ज्ञानेन्द्र मल्लबाट क्याचआउट गराउनुभयाे । वासिम २१ रन बनाएर आउट हुनुभएकाे थियाे ।

युएईले पावर प्लेमा ३ विकेट गुमाएर ३५ रन मात्र जोडेको थियो । त्यसपछि ११औं ओभरको तेस्रो बलमा करण केसीले २ रन बनाएका आसिफ खानलाई आउट गराएपछि युएई ३५-४ को स्थितीमा पुगेको थियो । नेपालले १९ ओभरसम्म तीन तिव्र गतिका बलर प्रयोग गरेको थियो ।

तर सीपी रिजवान र रोहन मुस्ताफाले पाँचौ विकेटका लागि २३ ओभरमा ७७ रनको साझेदारी गर्नुभयाे । दुवैले ४०-४० रन बनाउनुभयाे । मुस्ताफाले २ चौका र १ छक्का समेत प्रहार गर्नुभयाे । सीपी रिजवानलाई ३४औं ओभरमा कप्तान सन्दीप लामिछानेले आसिफ शेखबाट क्याचआउट गराउनुभयाे भने मुस्ताफालाई ३९औं ओभरमा दीपेन्द्र सिंह ऐरीले बोल्ड गर्नुभयाे ।

त्यसपछि सागर ढकालले बसिस हमिदलाई ४१औं ओभरमा ज्ञानेन्द्र मल्लबाट क्याचबउट गराउँदै ओडीआईमा डेब्यु विकेट लिनुभएकाे थियाे । हमिदले १४ रन बनाउनुभयाे । कासिफ दाउदले १८ रन जोड्नुभयाे कासिफलाई सोमपालले ४६औं ओभरमा कुशल भुर्तेलबाट क्याचआउट गराउनुभएकाे हाे ।

कप्तान अहमेद राज १३ रन बनाएर आउट हुनुभयाे। उहाँलाई करण केसीले दीपेन्द्र सिंह ऐरीबाट क्याचआउट गराउनुभयाे ।

बलिङमा नेपालका लागि सोमपाल कामीले ९ ओभरमा ३९ रन खर्चेर ४ विकेट लिनुभएकाे थियाे । यस्तै किफायती बलिङ गरेका करण केसीले ७.३ ओभरमा १ मेडन राख्दै १६ रन खर्चेर ३ विकेट लिनुभएकाे तियाे ।

कप्तान सन्दीप लामिछानेले १० ओभरमा १ मेडन राख्दै ३० रन खर्चिएर १ विकेट लिनुभयाे । दीपेन्द्रले १० ओभरमा ४२ रन खर्चेर १ विकेट लिए । सागरले ४ ओभरमा १३ रन खर्चेर १ विकेट लिनुभयाे ।

source:-onlinekhabar

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका