अमेरिकी एयरफोर्सको जहाज काठमाडौंमा अवतरण • Nepal's Trusted Digital Newspaperअमेरिकी एयरफोर्सको जहाज काठमाडौंमा अवतरण • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • अमेरिकी एयरफोर्सको जहाज काठमाडौंमा अवतरण

अमेरिकी एयरफोर्सको जहाज काठमाडौंमा अवतरण

  • समाचारपाटी
  • शुक्रबार, चैत्र ४, २०७८
अमेरिकी एयरफोर्सको जहाज काठमाडौंमा अवतरण

काठमाडौं । अमेरिकी एयरफोर्सको जहाज पछिल्लो एक वर्षभित्रमा चौथोपटक काठमाडौंमा अवतरण गरेको छ । त्रिभुवन विमानस्थलका एक उच्च अधिकारीका अनुसार शुक्रबार बिहान ९ बजे अमेरिकी सेनाको कार्गो जहाज काठमाडौं अवतरण गरेको थियो । यो जहाज शुक्रबार नै फिर्ता भइसकेको छ । सुचना अधिकारीका अनुसार पछिल्लो एक वर्षको अवधिमा चौथो पटक अमेरिकी सेनाको जहाज काठमाडौं आएको हो ।

उहाँका अनुसार २०२१ को जनवरी, अप्रिल र अगस्ट महिनामा समेत सेनाको यस्तो जहाज आएको थियो । यो जहाजमा सेना भने नआउने उहाँले जानकारी दिनुभयाे ।

काठमाडौंस्थित अमेरिकी दूतावासका लागि आवश्यक सामान र कागजात ल्याउन र फिर्ता लैजान यस्तो जहाजको उपयोग हुने गरेको उहाँले जानकारी दिनुभयाे । यस्तो उडानका क्रममा नेपाल नागरिक उड्डयन प्राधिकरणको प्रक्रिया पूरा गरी उडान अनुमति लिइएको हुन्छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका