भेरी नदीमा नुहाउने क्रममा बेपत्ता भएका तीनै जना बालबालिकाको शव फेला • Nepal's Trusted Digital Newspaperभेरी नदीमा नुहाउने क्रममा बेपत्ता भएका तीनै जना बालबालिकाको शव फेला • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • भेरी नदीमा नुहाउने क्रममा बेपत्ता भएका तीनै जना बालबालिकाको शव फेला

भेरी नदीमा नुहाउने क्रममा बेपत्ता भएका तीनै जना बालबालिकाको शव फेला

  • समाचारपाटी
  • शुक्रबार, चैत्र ४, २०७८
भेरी नदीमा नुहाउने क्रममा बेपत्ता भएका तीनै जना बालबालिकाको शव फेला

सुर्खेत । भेरी नदीमा नुहाउने क्रममा बेपत्ता भएका सुर्खेतका तीनै जना बालबालिकाको शव भेटिएको छ ।  तीन जनामध्ये एक जनाको बुधबार र दुई जनाको बिहीबार शव भेटिएको सुर्खेत प्रहरीले जनाएको छ ।

बालबालिकाहरु गत शनिबार नुहाउने क्रममा भेरी नदीमा बेपत्ता भएका थिए । बेपत्ता मध्य लेकवेशी नगरपालिका-२ का ८ वर्षीय दिनेश बुढाको भेरीगंगा नगरपालिका–२ स्थित भेरी पुल नजिकै बुधबार शव भेटिएको थियो ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं डीएसपी रामप्रसाद घर्तीका अनुसार भेरीगंगा नगरपालिका-११ का १२ वर्षीय कृष्ण सिंजाली र १२ वर्षीय गंगा खड्काको बिहीबार शव  भेटिएको हो । उनीहरुको शव भेरीगंगा नगरपालिका–१३ स्थित नदी किनारमा भेटिएको प्रहरीले जनाएको छ ।

बिहीबार भेटिएको दुवै जना बालवालिकाको शव पोष्टमार्टमाका लागि मेहलकुना अस्पतालमा राखिएको डीएसपी रामप्रसाद घर्तीले बताउनुभयाे ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका