झापा बिर्तामोडमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु • Nepal's Trusted Digital Newspaperझापा बिर्तामोडमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • झापा बिर्तामोडमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

झापा बिर्तामोडमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

  • समाचारपाटी
  • शुक्रबार, चैत्र ४, २०७८
झापा बिर्तामोडमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

झापा । झापाको बिर्तामोड नगरपालिकामा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ । बिर्तामोड–५ का ४० वर्षीय कमल राउतले कुटपिट गर्दा ३९ वर्षीया खेमजुङ गुरुङको मृत्यु भएको हो ।

गए राति राउतले घरायसी विवाद हुँदा खेमजुङलाई कुटपिट गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । श्रीमानको कुटाइबाट गम्भीर घाइते खेमजुङको बिर्तामोडस्थित कनकाई अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारका लागि विराटनगरस्थित नोबेल अस्पताल लगिएको थियो ।

नोबेल अस्पतालमा पनि उपचार हुन नसकेपछि आफन्तले बिर्तामोडस्थित माइती घर ल्याएका थिए त्यही क्रममा खेमजुङकाे गए राति  मृत्यु भएको हो । घटनाबारे इलाका प्रहरी कार्यालय अनारमनीले अनुसन्धान अघि बढाएको छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका