चितवन माडीमा घर, गोठ र कुखुरा फर्ममा आगलागी,६० लाखभन्दा बढीको क्षति • Nepal's Trusted Digital Newspaperचितवन माडीमा घर, गोठ र कुखुरा फर्ममा आगलागी,६० लाखभन्दा बढीको क्षति • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • चितवन माडीमा घर, गोठ र कुखुरा फर्ममा आगलागी,६० लाखभन्दा बढीको क्षति

चितवन माडीमा घर, गोठ र कुखुरा फर्ममा आगलागी,६० लाखभन्दा बढीको क्षति

  • समाचारपाटी
  • शुक्रबार, चैत्र ४, २०७८
चितवन माडीमा घर, गोठ र कुखुरा फर्ममा आगलागी,६० लाखभन्दा बढीको क्षति

चितवन । चितवनको माडी नगरपालिका–४ खैरहनीका माधव लामिछानेको घर, गोठ र कुखुरा फर्ममा आगलागी भएको छ । आगलागीबाट दुईवटा कुखुरा फार्म, एउटा धन्सार, दुई वटा परालको टौवा  जलेर पूर्ण रुपमा क्षति भएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान ४ः३० बजेको समयमा आगलागी भएको हो । आगलागीबाट ६० लाखभन्दा बढीको धनमाल क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान रहेकाे छ ।

घरधनी लामिछानेका अनुसार आगलागीमा धन्सारमा रहेको ७० क्विन्टल धान, पाँच क्विन्टल तोरी, दुई क्विन्टल गहुँ, ३५ क्विन्टल कुखुराको दाना नष्ट भएको छ ।

यसैगरी एउटा फ्रिज, टेलिभिजन, डिजिटल मेसिन, तीन वटा सोलार प्यानल, तीन वटा ब्याट्री, एउटा इन्भर्टर पनि नष्ट भएका छन् । यस्तै ग्रिज, मोबिल, गियर आयल, हाइड्रोलिक पाइप, ड्रम अन्य भाडा वर्तन समेत नष्ट भएको प्रहरीले जनाएको छ । आगलागी के कारणले भएको हो भन्ने खुल्न सकेको छैन । स्थानीय, नेपाल प्रहरी र नगरपालिकाको दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको छ ।

घर धनी लामिछानेले नगरपालिकाको दमकल समयमा नआएको, ढिलो गरी आउँदा समेत दमकलमा पानी अत्यन्त न्यून रहेका कारण आगलागी समयमा नियन्त्रणमा लिन नसकिएको दुखेसो गर्नुभएकाे छ । ‘दमकल आउनै ढिलो भयो, आउँदा पनि निकै थोरै पानी थियो,’ उहाँले भन्नुभयाे, ‘पर्याप्त पानी सहित समयमा दमकल आएको भए क्षति कम हुन सक्थ्यो ।’

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका