हाेलीमा उच्छृङ्खल तरिकाले सवारीसाधनको प्रयोग गर्ने ९ सय ६ जनालाई कारबाही • Nepal's Trusted Digital Newspaperहाेलीमा उच्छृङ्खल तरिकाले सवारीसाधनको प्रयोग गर्ने ९ सय ६ जनालाई कारबाही • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • हाेलीमा उच्छृङ्खल तरिकाले सवारीसाधनको प्रयोग गर्ने ९ सय ६ जनालाई कारबाही

हाेलीमा उच्छृङ्खल तरिकाले सवारीसाधनको प्रयोग गर्ने ९ सय ६ जनालाई कारबाही

  • समाचारपाटी
  • शुक्रबार, चैत्र ४, २०७८
हाेलीमा उच्छृङ्खल तरिकाले सवारीसाधनको प्रयोग गर्ने ९ सय ६ जनालाई कारबाही

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले होली पर्वमा मापसे गरेर सवारी चलाउने ९०६ जनालाई कारबाही गरेको छ । महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशीले बिनाहेल्मेट तीनजना चढ्ने, लापरवाही तरिकाले सवारी चलाउने लगायतका सवारी नियम उल्लङ्घन गर्ने ९०६ वटा सवारी चालकलाई कारबाही गरेको जानकारी दिनुभयाे। तीमध्ये १०६ जना मापसे गरेर सवारी चलाउने परेका छन् ।

महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जोशीले होलीलक्षित ट्राफिक व्यवस्थापन कडा गरिएका कारण काठमाडौंमा कुनै अप्रिय घटना नभएको जानकारी दिनुभयाे।

होलीका अवसरमा उच्छृङ्खल तथा अवान्छित तरिकाले सवारीसाधनको प्रयोग गर्ने, तीव्रगति र जिगज्याग गरी मोटरसाइकल चलाउने, मादक पदार्थ सेवन गरी मोटरसाइकल चलाउने, हेल्मेट नलगाउने, तीन जनाभन्दा बढी चढ्ने, सवारीसाधनको प्रयोग गरी महिलालाई लक्ष्य गरी रङ, लोला हान्ने, अभद्र व्यवहार गर्ने, ठूलो आवाज निकाल्ने, मोडिफाइ गरी सवारी चलाउने, सवारी चालक अनुमतिपत्र नलिई सवारी चलाउनेमाथि विशेष निगरानी गरेको महाशाखाले जनाएको छ ।

पर्वलाई व्यवस्थित, सुरक्षित र मर्यादित बनाउन काठमाडौँमा एक हजार ३०० ट्राफिक प्रहरी खटाएर कडाइका साथ जाँच गरिएकोमा नियमविपरीत सवारी चलाउने तथा उच्छृङ्खल गतिविधि गर्ने उनीहरूलाई पक्राउ गरी कारबाही गरिएको हो ।

 

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका