हाल विहार तथा आसपासका क्षेत्रमा निम्न चापीय प्रणाली रहेको छ। देशका गण्डकी प्रदेश, लुम्विनी प्रदेश, बागमती प्रदेश र प्रदेश १ का पहाडी भू-भागका थोरै स्थानमा मेघ गर्जन चटयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली र अन्य भू-भागमा आंशिक बदली रहने छ।
आज रातीमा भने देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने छ।