काठमाडौं । काठमाडौंको बौद्धमा होली खेल्ने क्रममा साढे दुई तलाको घरबाट खस्दा एक जना किशोरी गम्भीर घाइते हुनुभएकाे छ ।
बौद्धको दक्षिणढोकास्थित एक घरबाट भुइँमा खस्दा सिन्धुपाल्चोक घर हुनुभएकी विनिता चौलागाईं गम्भीर घाइते हुनुभएकाे काठमाडौं प्रहरी परिसर, टेकुका एसपी दिनेशराज मैनालीले बताउनुभएकाे हाे ।
उहाँका अनुसार कक्षा ११ मा अध्ययरत विनिता चौलागाईं र उहाँका दाइ बौद्धमा डेरा गरी बस्दै आउनुभएकाे थियाे । उहाँ बिहीबार होली खेल्न आफन्तकोमा जानुभएकाे थियाे ।
‘दिउँसो घरको छतबाट खस्दा फलामको बारमा खसेपछि उद्दार गरेर नेपाल मेडिकल कलेज, जोरपाटी लगिएको छ’ टेकुका एसपी दिनेशराज मैनालीले बताउनुभयाे ।