काठमाडौं । पछिल्लो २४ घण्टामा थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने आज पनि कोरोना संक्रमणबाट कसैको मृत्यु भएको छैन ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ६५४ जनाको पीसीआर परीक्षण गर्दा २२ जना र ३ हजार ९३ जनाको एन्टीजेन परीक्षण गर्दा ५ जना गरी २७ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा २२० जना कोरोनाबाट निको भएका छन् भने हाल ४ हजार ३७६ जना संक्रिय संक्रमित रहेका छन् ।