चलचित्र 'मन्त्र' टिमले अक्षेरीका स्कुलमा मनायाे होली • Nepal's Trusted Digital Newspaperचलचित्र 'मन्त्र' टिमले अक्षेरीका स्कुलमा मनायाे होली • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • चलचित्र ‘मन्त्र’ टिमले अक्षेरीका स्कुलमा मनायाे होली

चलचित्र ‘मन्त्र’ टिमले अक्षेरीका स्कुलमा मनायाे होली

  • समाचारपाटी
  • बिहिबार, चैत्र ३, २०७८
चलचित्र ‘मन्त्र’ टिमले अक्षेरीका स्कुलमा मनायाे होली

काठमाडौँ। रंगहरुको पर्व होलीको अवसरमा बैशाख १६ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘मन्त्र’ टिमले अक्षेरीका स्कुलमा होली मनाएको छ। अक्षेरीका स्कुल र कागेस्वरी ओपन स्काउटको आयोजनामा अक्षेरिका स्कुलको प्राङ्गणमा कलाकार सौगात मल्ल र बुद्धि तामाङद्वारा स्थानीय विधार्थी स्काउट परिवारलाई टीका तथा रङ्ग दलेर उत्सव मनाइएको थियो। स्थानीय स्कुलका बिद्यार्थीहरु टिभी र हलमा देखिएको कलाकार प्रत्यक्ष देख्न र भेट्न पाउँदा खुसी भएका थिए।

सुरेश कार्की, रविराज कार्की, शुभ श्रेष्ठ र देवेन्द्र मानन्धरको संयुक्त लगानि रहेको चलचित्र उत्कृष्ट र अर्गानिक बनेको अभिनेता सौगात मल्ल र बुद्धि तामाङले बताउनुभयाे। हिमाली क्षेत्रको प्रेमकथामा आधारित खिल बहादुर गुरुङ निर्देशित ‘मन्त्र’ गोरखाको चुमनुव्री गाउँपालिकाको मनास्लु क्षेत्रमा छायांकन गरिएको हो ।

चलचित्रमा सौगात मल्ल, बुद्दि तामाङ, दिया पुन, नमिता घिसिङ्ग, बिर बहादुर लामा, पासाङ्ग टि शेर्पाको मुख्य भूमिका रहेको छ । साम्तेन भुटिया, सुनिल नेउरे, परिच्छेद सेनले लेखेको चलचित्रमा सन्तोष सुनारको संगीत, संजय लामाको छायांकन, मित्र डि गुरुङको सम्पादन,सुजिल कर्माचार्यको पार्श्व संगीत रहेको छ । चलचित्रको ट्रेलर यसै साता सार्वजनिक गरिने र प्रचार प्रसार व्यापक पारिने निर्देशक खिल गुरुङले बताउनुभयाे।

mantar 5 mantra 1 1 mantra 2

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका