'एमसीसी पास भएपछि गठबन्धन झन् बलियो':-पुष्पकमल दाहाल • Nepal's Trusted Digital Newspaper'एमसीसी पास भएपछि गठबन्धन झन् बलियो':-पुष्पकमल दाहाल • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • ‘एमसीसी पास भएपछि गठबन्धन झन् बलियो’:-पुष्पकमल दाहाल

‘एमसीसी पास भएपछि गठबन्धन झन् बलियो’:-पुष्पकमल दाहाल

  • समाचारपाटी
  • बिहिबार, चैत्र ३, २०७८
‘एमसीसी पास भएपछि गठबन्धन झन् बलियो’:-पुष्पकमल दाहाल

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमसीसी पास भएपछि गठबन्धन झन् बलियो बनेको दाबी गर्नुभएकाे छ ।

बिहीबार लुम्बिनी प्रदेशमा प्रेस सेन्टर नेपालको पत्रकार सम्मेलनमा बोल्दै उहाँले गठबन्धनभित्रका शीर्ष पङ्तिचाहिँ निर्वाचनसम्म नै गठबन्धन बनाउने कुरामा विमत्ति नरहेको दाबी गर्नुभएकाे हाे।

उहाँले आफ्नै तागतमा निर्वाचन अभियानमा लाग्न कार्यकर्तालाई निर्देशन दिएको बताउनुभयाे। उहाँले भन्नुभयाे, ‘गठबन्धन होला अनि गठबन्धनबाट निर्वाचन जितौंला भन्नेलाई मुख्य ध्यान दिने होइन। आफ्नै तागत, आफ्नै एजेण्डाको बलमा जनताको मन जितेर चुनाव जित्ने कुरालाई पहिलो प्राथमिकता दिने साथसाथै फेरि निर्वाचनमा तालमेल गर्ने र अधिकतम त्यसबाट सकरात्मक परिणाम निकाल्ने कुरामा ध्यान दिने।’ उहाँले गठबन्धन बचाउने कुरामा पनि माओवादी केन्द्रको ध्यान रहेको बताउनुभएकाे छ।

उहाँले कुनै आधार बिना नै संसद् अवरोध भइरहेकाले खुल्नुपर्ने धारणा राख्नुभयाे। उहाँले सभामुखले संविधान र कानुन अनुसार गरेको कामलाई चुनौती दिने ठाउँ नभएपछि सभामुखमाथि आरोपित गर्न नछोडिएको गुनासो गर्नुभयाे। प्रचण्डले प्रतिगामी कदम सहि थियो भन्ने बनाउन संसद् निरन्तर भइरहेको तर्क गर्नुभयाे।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका