तीन दलका शीर्ष नेताहरूबीच भेटवार्ता, ‘तोकिएकै मितिमा निर्वाचन हुने • Nepal's Trusted Digital Newspaperतीन दलका शीर्ष नेताहरूबीच भेटवार्ता, ‘तोकिएकै मितिमा निर्वाचन हुने • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • तीन दलका शीर्ष नेताहरूबीच भेटवार्ता, ‘तोकिएकै मितिमा निर्वाचन हुने

तीन दलका शीर्ष नेताहरूबीच भेटवार्ता, ‘तोकिएकै मितिमा निर्वाचन हुने

  • समाचारपाटी
  • बिहिबार, चैत्र ३, २०७८
तीन दलका शीर्ष नेताहरूबीच भेटवार्ता, ‘तोकिएकै मितिमा निर्वाचन हुने

काठमाडौं । सत्तारुढ तीन दलका शीर्ष नेताहरूबीच बिहीबार बिहान भेटवार्ता भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले बिहान माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग भेटवार्ता गर्नुभएकाे हाे ।

बालुवाटारमा भएको भेटमा नेताहरूले चुनाव नहुने हल्लाबारे चासो राख्नुभएकाे थियाे । ‘हामी पूरै तागत लगाएर गइसक्यौं, तर बीचबीचमा निर्वाचन हुँदैन भन्ने हल्ला चलिराख्छ भन्दा प्रधानमन्त्रीजीले बढो सहज ढंगले चुनावको दिन भोट हाल्ने दिन पनि भइराख्छ । नेपाल यस्तै हो भन्नुभयो, ‘ बुटवलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै  पुष्पकमल दाहाल  (प्रचण्ड)ले भन्नुभएकाे छ ।

स्थानीय तहको निर्वाचन तोकिएकै मिति ३० वैशाखमै हुने उहाँले बताउनुभयाे । उहाँले भन्नुभयाे, ‘तोकिएकै मितिमा निर्वाचन हुन्छ, त्यसमा कुनै कन्फ्युन नराख्न आग्रह गर्छु ।’

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका