गैँडाको आक्रमणबाट बाँच्न पोखरीमा हामफालेका जवानको डुबेर मृत्यु • Nepal's Trusted Digital Newspaperगैँडाको आक्रमणबाट बाँच्न पोखरीमा हामफालेका जवानको डुबेर मृत्यु • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • गैँडाको आक्रमणबाट बाँच्न पोखरीमा हामफालेका जवानको डुबेर मृत्यु

गैँडाको आक्रमणबाट बाँच्न पोखरीमा हामफालेका जवानको डुबेर मृत्यु

  • समाचारपाटी
  • बिहिबार, चैत्र ३, २०७८
गैँडाको आक्रमणबाट बाँच्न पोखरीमा हामफालेका जवानको डुबेर मृत्यु

चितवन ।  चितवनमा दलदले पोखरीमा डुबेर नेपाली सेनाका जवानको मृत्यु भएको छ। गैँडाको आक्रमणबाट बाँच्नकाे लागि  पोखरीमा हाम फाल्दा दलदले पोखरीमा डुबेर जवान पवन कटुवालको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालयका अनुसार खोटाङ गाउँपालिका वडा नं ४ घर भई निकुञ्ज सुरक्षार्थ खड्गदल गणको साइली माइली पोस्टमा कार्यरत २६ वर्षीय जवान कटुवालको मृत्यु भएको हो।

निकुञ्जभित्र गस्ती जाने क्रममा गैँडाले आक्रमण गर्न खोज्दा जवान दलदलमा हाम फालेका थिए । घटना बुधबार साँझ ७:४५ बजेको हो।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका