काठमान्डाैँ । नेपाली कथानक चलचित्र समशेर निर्माण हुने भएको छ। एभरेष्ट फिल्म एकेडमी र डि आर डेनिमको निर्माणमा बन्न लागेको चलचित्रमा अभिनेता मनिष राउत समशेरको भूमिकामा देखिदै हुनुहुन्छ।
एक्सन जनरामा बन्न लागेको चलचित्रको फस्टलुक पोस्टर समेत सार्वजनिक गरिएको छ। जहाँ अभिनेता राउत एक्सन शैलीमा देखिनुभएकाे छ।
चलचित्रमा अर्जुन पोखरेलको संगीत सुन्न सकिनेछ। चलचित्रमा सुमन थापा , सबिन शाक्य , रुपेश कार्की , रुपेश लामा , आशिस पराजुली लगायतका कलाकारको समेत अभिनय रहनेछ।
नायिका फाइनल हुन बाकी चलचित्रको छायांकन काठमाडौँ , दुबई , सोलुखुम्बु र ढोरपाटनमा हुनेछ। चलचित्रलाइ गौरी शंखर र बिकाश सिटौलाले खिच्नुहुनेछ। चलचित्र निर्माणमा सीबर्ड्स इंटरटेनमेंटले समेत सहकार्य गर्नेछ।