कमेडी टेली सिरियल 'सर्खारको सर' को फष्ट लुक पोष्टर सार्वजनिक • Nepal's Trusted Digital Newspaperकमेडी टेली सिरियल 'सर्खारको सर' को फष्ट लुक पोष्टर सार्वजनिक • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • कमेडी टेली सिरियल ‘सर्खारको सर’ को फष्ट लुक पोष्टर सार्वजनिक

कमेडी टेली सिरियल ‘सर्खारको सर’ को फष्ट लुक पोष्टर सार्वजनिक

  • समाचारपाटी
  • बिहिबार, चैत्र ३, २०७८
कमेडी टेली सिरियल ‘सर्खारको सर’ को फष्ट लुक पोष्टर सार्वजनिक

काठमाडौँ। रङ्गहरुको पर्व होलीको अवसर पारेर कमेडी टेली सिरियल ‘सर्खारको सर’ को फष्ट लुक पोष्टर सार्वजनिक गरिएको छ । ‘सर्खारको सर’ राजनीतिक बिकृति विसंगति संगै नेपाली समाजमा घटेका यथार्थ घटना र गाउँ समाजमा परेका समस्याहरुलाई उजागर गर्ने उदेश्यले निर्माण गरिएको निर्माण टिमले बताएको छ ।

सेलिब्रेटी नेपाल र देवांशी इन्टरटेन्टमेन्टको प्रस्तुति रहेको सिरियलको निर्देशन बिनय पौडेलले गर्नुभएकाे छ। सार्वजनिक फष्टलुकमा तिन मुख्य कलाकार दीपक आचार्य,रबिन्द्र झा र सिपि पुडासैनीलाई फिचर्ड गरिएको छ। पोष्टरको लागी फोटो श्रीधर पौडेलले खिच्नुभएकाे हाे।

रघुनाथ सापकोटा र लीला केसीको निर्माण रहेको सिरियलमा दीपक आचार्य, रबिन्द्र झा, सिपि पुडासैनी, लीला केसी, जगदिश्वर अधिकारी,प्रतिषा रिजाल, राजु कट्टेल, सिजन तिवारी, मरिना गुरुङ,सुरज अधिकारी लगायतका कलाकारको अभिनय रहेको छ।

जीवन पराजुलीले छायाँकन गरेको सिरियलको पोष्टर राकेश दाहालले बनाउनुभएकाे हाे। रोहन जिरेलको सम्पादन तथा चन्दन दत्तले कलर संयोजन गर्नुभएकाे छ ।

नवराज भण्डारी सह निर्माता रहेको सिरियलको केहि दिनमा ट्रेलर सार्वजनिक गरिने र प्रदर्शन मिति पनि सार्वजनिक गर्ने निर्माता रघुनाथ सापकोटाले जानकारी दिनुभयाे। ‘सर्खारको सर’ को डिजिटल पार्टनर डीएआर मुभिज रहेको छ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका