समाजसेवि , गीतकार तथा गायिका सुमि संस्कृतिको शव्द अनि स्वरमा होली गीत ”खेलौं होली” सार्वजनिक भएको छ । स्वरमा उहाँलाई गायक तथा संगीतकार नरहरि प्रेमीले साथ दिनुभएकाे छ । भने संगीत पनि नरहरि प्रेमीकै रहेको छ । गीतको अडियोतर्फ लक्षु प्रकाश मल्लको संगीत संयोजन , राजीव शाहको मिक्सिङ र मास्टरिङ रहेको छ भने गीत सुर संगीत स्टुडियोमा रेकर्डिङ गरिएको हो ।
पुष्पा पौडेलको कन्सेप्टमा तयारमा भएको भिडियोतर्फ नरहरि प्रेमी र अस्मिता जुरेलीको अभिनय, सिता पराजुलीको श्रृङ्गार , देव दोर्जे लामाको छायाँकन , आशिष गुरुङको कोरियोग्राफि तथा राज कुमारको सम्पादन अनि निर्देशन रहेको छ ।
दक्षिणकाली रिजोर्टको रमणीय स्थानमा छायाँकन गरिएको भिडियोको व्यवस्थापन भने बिष्णु रेग्मी, प्रविण पोख्रेल तथा शिवराज पौडेलले गर्नुभएकाे हाे ।
यसअघि पनि जागो जागो माँ भवानी बोलको भजन सार्वजनिक गरिसक्नुभएकी गायिका तथा गीतकार सुमि संस्कृतिका थप गीतहरु पनि रिलिजको क्रममा छन् । सांगीतिक गुरु पनि रहेका नरहरि प्रेमीसँगको सहकार्य सहज र उत्कृष्ट हुने उहाँको भनाई छ ।
आगामि दिनमा पनि गायक तथा संगीतकार नरहरि प्रेमीसँगको सहकार्यले निरन्तरता पाउने र अझ उत्कृष्ट सिर्जनाहरु बजारमा ल्याउने उहाँ बताउँनुहुन्छ ।