संगठन विस्तारसँगै स्थानीय तहको निर्वाचनमा होमियो राप्रपा नेपाल • Nepal's Trusted Digital Newspaperसंगठन विस्तारसँगै स्थानीय तहको निर्वाचनमा होमियो राप्रपा नेपाल • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • संगठन विस्तारसँगै स्थानीय तहको निर्वाचनमा होमियो राप्रपा नेपाल

संगठन विस्तारसँगै स्थानीय तहको निर्वाचनमा होमियो राप्रपा नेपाल

  • समाचारपाटी
  • बिहिबार, चैत्र ३, २०७८
संगठन विस्तारसँगै स्थानीय तहको निर्वाचनमा होमियो राप्रपा नेपाल

काठमाडौं । गत फागुन ७ गते घोषणासभामार्फत पुनर्जागृत भएको राप्रपा नेपाल संगठन निर्माणसँगै स्थानीय निर्वाचनको तयारीमा जुटेको छ । भर्खरै संगठनात्मक गतिविधीको सुरुवात गरेको राप्रपा नेपालले यही चैत्र मसान्तसम्ममा ७७ वटै जिल्लामा जिल्ला कार्यसमिति गठन गर्दै स्थानीय तहसम्म पार्टी संगठनलाई विस्तार गर्ने बताइएको छ ।

पार्टीका पदाधिकारी तथा हालसम्म गठन भएका जिल्ला अध्यक्षहरुबिच बुधबार सम्पन्न भर्चुअल बैठकमा पार्टी अध्यक्ष कमल थापाले पार्टीको सिद्धान्त, भावी कार्यक्रम तथा स्थानीय तहको निर्वाचनको तयारीका बारेमा जानकारी दिनुभएको थियो ।

सम्बर्धनवादको वैचारिक धरातलमा सबै धर्मका बिचमा सद्भाव, सहअस्तित्व, समानता र पूर्ण धार्मिक स्वतन्त्रता कायम गर्दै नेपाललाई हिन्दुराष्ट्र कायम गराउने प्रमुख लक्ष लिएर अघि बढेको राप्रपा नेपालले नजिकिएको स्थानीय निकाय निर्वाचनलाई मध्यनजर गर्दै प्रदेशदेखि स्थानीय तहसम्म प्रशिक्षण, अन्तरक्रिया र घरदैलो कार्यक्रम तत्काल सुरु गर्ने जानकारी दिंदै बैठकका सहभागिहरुलाई अध्यक्ष थापाले पार्टीका गतिविधीहरुलाई जनस्तरसम्म पुर्याउन निर्देशन दिनुभएको थियो ।

स्थानीय निकायको निर्वाचनमा सम्भावना भएका स्थानीय तह, वडाहरुको पहचान गरेर सोही अनुसार निर्वाचनका गतिविधी सञ्चालन गर्न र अन्य राजनीतिक दलहरुसँग सकारात्मक चुनावी तालमेलको पहिचान गरि केन्द्रीय सचिवालयलाई जानकारी दिन समेत अध्यक्ष थापाले बैठकका सहभागिहरुलाई निर्देश गर्नुभएको थियो ।

छोटो समयमा नै भातृ संगठनहरुको केन्द्रीय संरचना निर्माण गर्न सफल राप्रपा नेपालले २ वटा प्रदेशमा प्रदेश कार्य समिति, २ दर्जन जिल्लामा जिल्ला कार्य समिति निर्माण गरिसकेको छ भने चैत्र महिनाभित्रै पार्टीका हरेक संरचनालाई स्थानीय तहसम्म पुर्याउने आक्रमक योजना अगाडि सारेको छ ।

275628249 651503069408826 3822705584730315432 n

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका