स्याङ्जा । फागु पूर्णिमाको अवसरमा मनाईने होली अर्थात फागु पहाडी भेगमा बिहीवार भाेलि फागुन ३ गते मनाईदै छ भने तराई भेगमा पर्सी फागुन ४ गते मनाईने भएको छ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाले फागु पर्व (हाेली)का दिन संयमितभई होली मनाउन सुझाव दिएको छ। बुधवार जारी गरीएकाे प्रेस बिज्ञप्तिमार्फत कार्यालयले हिन्दु धर्मालम्बीहरुको पवित्र पर्व होलीको शुभकामनासहित स्वास्थ्य सुरक्षाकोसमेत ख्याल राख्न सुझाव दिएको छ।
प्रहरी नायब उपरिक्षक राजेन्द्रप्रसाद अधिकारीद्धारा हस्ताक्षरित ११ बुदें बिज्ञप्तिमा होलीका दिन घरपरिवार भन्दा बाहिर गएर समूहमा भेला भई नखेल्न, आफना घरका छत, बरण्डा, झ्याल आदीबाट जबरजस्तीगरी रंगरोगन, लोला, पिच्करी, नहान्ने, मादक पदार्थ सेवनगरी २ जनाभन्दा बढी एउटा मोटसाइकलमा चढेर नहिड्ने, मानव स्वास्थ्यलाई प्रतिकुल असर पार्ने गरी होली नखेल्ने, हुलिया नै नचिनिने गरी विभिन्न रंगरोगन नलगाउने, होलीको नाममा सार्वजानिक कार्यक्रमहरु नगर्ने, मादक पदार्थ सेवन गरी सवारी नचलाउने, मोटरसाईकलमा हेलमेट अनिवार्य लगाउने, ट्राफिक नियमको पालना गर्न लगायतका सुझाव बिज्ञप्तिमा जारी गरीएकाे छ ।
यसैगरी सडक तथा बाटोमा हिँडेका व्यक्तिहरुलाई उनीहरुको ईच्छा विपरित रंग नलगाउन, होलीको नाममा समुदायमा शान्ति भंग हुने, होहल्ला गर्ने कार्य नगर्न, पर्वको नाममा धार्मिक साम्प्रदायिक सद्भावमा खलल पुग्ने खालका क्रियाकलाप नगर्न, महिलालाई लक्षित गरी इच्छा विपरित रंगलगाउने, पिचकिरी हान्ने तथा हैरानी तथा सताउने लगायतका क्रियाकलाप नगर्न अनुरोध गर्दै माथि उल्लेखित बुदाँ विपरित भए गरेमा प्रचलित कानुन बमोजिम कारबाही हुनेसमेत प्रहरी प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीको भनाई रहेकाे छ।
फागु पूर्णिमाको अवसरमा मनाईने होली अर्थात फागु पहाडी भेगमा बिहीवार मनाईदै छ भने तराई भेगमा पर्सी मनाईने भएको छ।