राजनीतिक दलको सदस्यता लिएका व्यक्तिले म्यादी प्रहरीमा भर्ना नपाउने • Nepal's Trusted Digital Newspaperराजनीतिक दलको सदस्यता लिएका व्यक्तिले म्यादी प्रहरीमा भर्ना नपाउने • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • राजनीतिक दलको सदस्यता लिएका व्यक्तिले म्यादी प्रहरीमा भर्ना नपाउने

राजनीतिक दलको सदस्यता लिएका व्यक्तिले म्यादी प्रहरीमा भर्ना नपाउने

  • समाचारपाटी
  • बुधबार, चैत्र २, २०७८
राजनीतिक दलको सदस्यता लिएका व्यक्तिले म्यादी प्रहरीमा भर्ना नपाउने

काठमाडौं । नेपाल प्रहरीले एक लाख म्यादी प्रहरीका लागि भर्ना खुलाएको छ । चैत ६ देखि ११ गतेसम्म दर्खास्त दिन भन्दै प्रहरी प्रधान कार्यालय, नक्सालले सूचना जारी गरेको छ ।

दर्खास्त फारम सम्पूर्ण जिल्ला प्रहरी कार्यालयमा पाइने भनिएको छ । म्यादी प्रहरीमा भर्ना हुनका लागि नेपाली नागरिक हुनुपर्ने, फौजदारी अभियोग लागेको नहुनुपर्ने, कुनै राजनीतिक दलको सदस्य हुनु नहुने, शारीरिक र मानसिकरुपले तन्दुरुस्त हुनुपर्ने लगायतका मापदण्ड राखिएका छन् ।

राजनीतिक दलको सदस्यता लिएका व्यक्तिले म्यादी प्रहरीको आवेदन दिन नपाउने भएका छन्। स्थानीय तह निर्वाचनका लागि प्रहरी प्रधान कार्यालयले मंगलबार १ लाख म्यादी प्रहरीका लागि दरखास्त अह्वान गरेको छ।

वैशाख ३० गते हुने निर्वाचनमा ४० दिनका लागि म्यादी प्रहरी भर्ना गर्न लागिएको हो। १८ वर्षदेखि ५४ वर्ष उमेरका नेपाली नागरिकले म्यादी प्रहरीका आवेदन दिन सक्ने प्रहरी प्रधान कार्यालय अन्तर्गतको मानवस्रोत एवं प्रशासन विभाग नक्सालले अह्वान  गरेको दरखास्तमा उल्लेख गरीएकाे छ।

नैतिक पतन देखिने फौजदारी अभियोगमा कसूरदार नठहरिएका, समान्य लेख पढ् गर्नसक्नेले दरखास्त दिन सक्ने नेपाल प्रहरीका प्रवक्ता विष्णुकुमार केसीले बताउनुभएकाे छ।  चैत ६–११ गतेसम्म जिल्ला प्रहरी तथा काठमाडौं उपत्यकाका लागि महानगरीय प्रहरी परिसरमा आवेदन दिन सकिन्छ। उनीहरूले नेपाल प्रहरीको जवान सरह २२ हजार ६८० रुपैयाँ तल पाउने छन्। रासन र पोसाक भत्ताको पनि व्यवस्था गरिएको छ।

 

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका