मानव बेचविखन तथा अपहरण मुद्दामा फरार दुई प्रतिवादी पक्राउ • Nepal's Trusted Digital Newspaperमानव बेचविखन तथा अपहरण मुद्दामा फरार दुई प्रतिवादी पक्राउ • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • मानव बेचविखन तथा अपहरण मुद्दामा फरार दुई प्रतिवादी पक्राउ

मानव बेचविखन तथा अपहरण मुद्दामा फरार दुई प्रतिवादी पक्राउ

  • समाचारपाटी
  • बुधबार, चैत्र २, २०७८
मानव बेचविखन तथा अपहरण मुद्दामा फरार दुई प्रतिवादी पक्राउ

धनुषा । प्रहरीले मानव बेचविखन तथा ओसार–पसार र अपहरण मुद्दाका प्रतिवादीलाई पक्राउ गरेको छ । मानव बेचबिखन तथा ओसार–पोसार र अपहरण मुद्दाका फरार दुई प्रतिवादीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

पक्राउ पर्नेमा जनकपुरधाम उप–महानगरपालिका १३ बस्ने ४२ वर्षीय रामजी पासमान र पासमानकी ३२ वर्षीया श्रीमति विभा पासमान रहेका छन् । मानव बेचबिखन तथा ओसारपसार र अपहरण मुद्दामा जिल्ला अदालत धनुषाको २०७७ माघ २२ गतेको फैसलाले प्रतिवादी रामजीलाई २२ वर्ष कैद र २ लाख ५० हजार रुपैयाँ जरिवाना तथा विभालाई १७ वर्ष कैद तथा १ लाख ५० हजार जरिवाना हुने गरी फैसला सुनाएको थियो ।

अदालतको फैसलापछि फरार रहेका दुबैजना प्रतिवादीलाई मंगलबार जनकपुरधाम उप–महानगरपालिका १३ बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक जितेन्द्र बस्नेतले जानकारी दिनुभएकाे हाे ।

 

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका