काठमान्डाैँ । गैरआवासीय नेपाली संघको १० औं महाधिवेशन तथा विश्व सम्मेलनको तयारी तिब्र रुपमा भैरहेको छ । संघको महाधिवेशन तथा विश्व सम्मेलनको तयारीको लागि संघका अध्यक्ष कुमार पन्त अहिले काठमाण्डौंमा सकृय हुनुहुन्छ । संघको नयां नेतृत्व चयनको लागि निर्वाचनका अधिकांस प्रकृयाहरु सम्पन्न भएर आगामी २४ र २५ तारिख मतदानको गर्ने तयारी निर्वाचन समितिले गरेको छ ।
गैरआवासीय नेपाली संघ प्रवक्ता डिबी श्रेत्रीले जारी गरेकाे विज्ञप्तिमा भनिएकाे छ । ”यसैबीचमा गैरआवासीय नेपाली संघका उपाध्यक्ष सोनाम लामाले संघको बिरुद्धमा सामानन्तर सम्मेलनको आयोजना गरिएको भन्दै भ्रमक पत्राचार गर्ने र विभिन्न संचार माध्यमलाई गलत सूचना प्रवाह गरेको देखिएकाले त्यस्ता गतिविधि प्रति सचेत रहन् संघका सम्पूर्ण सदस्यहरुलाई अपिल गरिन्छ ।”
”यस्तै लामालाई संघको लेटरप्याड, लोगो लगायत संस्थाका सदस्यहरुको व्यक्तिगत विवरणको दुरुपयोग नगर्न सचेत गराइन्छ । संस्थालाई अहित हुने कुनै पनि गतिविधिमा संलग्न भएमा संघको विधान बमोजिम कारवाहीको प्रकृया समेत अघि बढाइने छ ।” विज्ञप्तिमा भनिएकाे छ ।
अतः विश्वभर छरिएका सम्पूर्ण प्रतिनिधिहरुलाई आगामी मार्च २४ र २५ मा हुने निर्वाचनमा उत्साहपूर्ण सहभागिताको लागि संघले हार्दिक अनुरोध गरेकाे छ ।