काठमान्डाैँ । म्युजिक भिडियो ”शिरमाथी शिरफूल” सार्वजनिक गरिएको छ । एस् डी योगी र अस्मिता अधिकारीको आवाज रहेको गीतलाई आर्ट बक्स प्रोडक्सनको अफिसियल युट्युब च्यानलबाट रिलिज गरिएको छ ।
गीतको शब्द कृष्ण सुवेदीको रहेको छ भने लय सिर्जना गायक योगी कै रहेको छ । छवि लाल तामाङ (शिशिर)को निर्देशन रहेको भिडियो उज्ज्वल जोशी र नवराज उप्रेतीलकाे संयुक्तमा छायङ्कन गर्नुभएकाे हाे । मनोज कार्कीले भिडियोको सम्पादन गर्नुभएकाे हाे ।
भिडियोमा नायिका आँचल शर्मा र कलाकार विज्ञान लाई फिचर रहेकाे छ । भिडियोमा सुनिल छेत्रीको कोरीयोग्राफी देख्न सकिन्छ । सार्वजनिक गीतलाई निर्देशक छविलालले मेहनत गरेर कलात्मक शैलीमा प्रस्तुत गर्नुभएकाे छ ।
पछिल्लो समय आर्ट बक्स प्रोडक्सनले नयाँ कलाकार , गायक र सङ्गीतलाई प्रवर्द्धन गरिरहेको छ । भिडियोलाई प्रशान्त राज मालाकार र विज्ञानले मिलेर निर्माण गर्नुभएकाे हाे ।