काठमान्डाैँ । आज बजारमा छापावाल सुनको मूल्य प्रतितोला ९९ हजार ३०० तोकिएको छ। अघिल्लो दिन सुनको मूल्य प्रतितोला एक लाख ५०० मा कारोबार भएको सुन आज तोलामा एक हजार २०० ले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९८ हजार ८०० तोकिएको छ। जसको मूल्य मङ्गलबार प्रतितोला एक लाख थियो। त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १० ले घटेर एक हजार ३७० भएको महासङ्घले जनाएको छ।
महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने घटबढका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ।