आकाशका चरा बचाउने दाजुभाइ • Nepal's Trusted Digital Newspaperआकाशका चरा बचाउने दाजुभाइ • Nepal's Trusted Digital Newspaper

आकाशका चरा बचाउने दाजुभाइ

  • समाचारपाटी
  • बुधबार, चैत्र २, २०७८
आकाशका चरा बचाउने दाजुभाइ

 

भारतको राजधानी दिल्लीको छिमेकी गाउँ वजिरावादमा बस्दै आएका दुई जना दाजुभाइले विगत २० वर्षदेखि सहरको आकाशबाट खसेका चराहरूको उद्धार गर्दै आएका छन् । मोहम्मद साउद र नदिम शेहजादले उद्धार गर्ने अधिकांश चराहरू सिसा दलिएका चङ्गा उडाउन प्रयोग गरिने धागोमा अल्झिएका वा कोतरिएका हुन्छन् । उनीहरूले ती चराहरूलाई कार्डबोर्डका बाकसमा राखेर घरको भुईँ तल्लामा रहेको ग्यारेजमा ल्याउँछन्। जहाँ उनीहरूको उपचार र हेरचाह सुरु हुन्छ । उनीहरूले घाउ सफा गर्छन्, चिरिएका पखेटाहरू र भाँचिएका हड्डीहरू मिलाएर उपचार गर्छन् ।

“तपाईँ एउटै देशमा बस्ने, एउटै धर्म र राजनीति मान्ने कुराहरूको वास्ता गर्नुहुन्न,” उनीहरूको कामबारे बनेको पुरस्कार विजेता वृत्तचित्र ’अल द्याट ब्रिद्स’मा यी दाजुभाइ जोड दिन्छन् ।

“जीवन आफैँमा नाता हो त्यसैले हामीले चराहरूलाई यत्तिकै छोड्न सक्दैनौँ ।”

हालैको ‘सनडान्स फिल्म फेस्टिभल २०२२’ मा विश्व वृत्तचित्र प्रतिस्पर्धामा विजेता बनेको उनीहरूबारेको फिल्म मानिसहरूलाई चकित बनाउने किसिमको चाहिँ होइन । शौनक सेनको ९१ मिनेटको वृत्तचित्र यी दाजुभाइहरूप्रति सम्मान दर्साउने, जलवायु परिवर्तनबारेका अफवाह र दिल्लीको भित्री सहरमा असुरक्षित जीवन देखाउने प्रकृतिको छ ।

कसरी सुरु भयो ?
हलिवूड सम्वाददाता सेन यसलाई एक पटकमा धेरै दिने वृत्तचित्रको एउटा सानो अंशको संज्ञा दिन्छन् । घरको भूइँतल्लामा खिचिएको वृत्तचित्रमा यी दाजुभाइले टेबलमा चराहरूको उपचार गरिरहेको देखाइएको छ । तरल साबुन डिस्पेन्सर बनाउने पारिवारिक व्यवसायसँगै उनीहरूले उद्धार गरिएका चराहरूलाई नयाँ जीवन दिइरहेका छन ्।

स–साना प्राणीहरूलाई नयाँ जीवन दिने कामसँगै उनीहरूले आफ्नो जीविका पनि चलाइरहेका छन् । कामसँगै उनीहरूका एक जना सहयोगीले भारत पाकिस्तानबीच परमाणु युद्ध भएमा चराहरूको हालत के होला भन्ने चिन्ता व्यक्त गर्छन् ।

एकजना भाइले उनलाई तत्कालै सोध्छन् “तिमीले यस्तो कुरा कहाँ सुन्यौ?“ उनले जवाफ आउँछ “सामाजिक सञ्जालमा ।”

माथिल्लो तल्लामा परिवारका अन्य सदस्यले ठूलो आवाजमा टेलिभिजनमा समाचार सुनिरहेको तलैबाट सुनिन्छ । समाचार सहरमा हिन्दु र मुस्लिम समूदायबीच विवादास्पद नागरिकता विधेयकको विषयमा दङ्गा फैलिएकोबारे छ । यो सन् २०२०को सुरुतिरकै कुरा हो ।

बाहिर पट्टिको धुवाँयुक्त आकाशमा तल जमिनमा खानेकुरा खोज्दै उडिरहेका चराहरू छन् । दिल्लीको ढल मिसिएर बग्न सङ्घर्ष गरिरहेको यमुना नदी पनि नजिकै छ । घरको छतमा उद्धार र उपचार गरिएका चराहरूलाई यी दाजुभाइले पिँजडामा राखेका छन् । अचानक माथिबाट एउटा चरा आएर दाजुभाइका सहायकको चस्मा लैजान्छ ।

“यो चराले मेरो चस्मा किन चो¥यो ?” उनी अचम्ममा पर्छन् ।

यी दाजुभाइ उनीहरूले उद्धार गरेर ल्याएको पहिलो चरा मांसाहारी भएकै कारण नजिकैको चरा अस्पतालले उपचार गर्न अस्वीकार गरेको घटनाबारे चर्चा गर्छन्। त्यही बेलादेखि हो उनीहरूले चराका अङ्गहरूबारे जान्न थालेको, उनीहरू भन्छन् ।

उनीहरूले चरालाई पट्टी बाँध्ने तरिकाहरू सिके र उपचारको काम जाने । अब उनीहरूलाई यही काम प्रिय लाग्न थाल्यो । उनीहरू भुईँमा सुतेर आकाशतिर हेरेर टोलाउँथे । “त्यसरी हेर्दा टाउको घुम्छ नि त्यसरी आकाश हेर्नुभएको छ ?” उनीहरू भन्छन् ।

चराहरूसँग सम्बन्ध
दिल्लीमै हुर्के बढेका सेनले सूर्य ढाकिएर एउटा धब्बाजस्तो मात्रै देखिने दिल्लीको तुँवालो लागेको आकाशसँग र त्यहाँ उड्ने चराहरूसँग सम्बन्ध भएका दुई जना दाजुभाइ भेटे । चराहरू प्रायः चङ्गा उडाउन प्रयोग गरिने धागोमा बेरिएर घाइते हुन्थे ।

उनीहरूलाई फिल्म बनाउन तीन वर्ष लाग्यो । सेनले आफ्नो कला प्रदर्शन गर्दै दिल्लीको सचित्र अवस्था वृत्तचित्रमा उतारेका छन् । उनले २००औँ तल्ले अग्ला घरहरूबाट आकाश छुन उडिरहेका चङ्गा, चिम्नीहरूबाट निस्किरहेको कालो धुवाँ र यी दाजुभाइको घर बाहिर खाल्डाखुल्डी परेको सडक र वर्षामा ढलको पानी चुहिएर उनीहरूको भुईँ तल्लामा छिरेपछि परेको आपत्का दृश्य यसमा समेटेका छन् ।

ढलमा डुलिरहेका सुँगुरहरू र वायु प्रदूषणको तह खतरनाक उचाइमा पुगेका विषयले यसलाई सजिव बनाएको छ । “मेरो घाँटी कोइलाजस्तै भएको छ,“ यो फिल्ममा शेहजाद भन्छन् ।
यद्यपि यो सहरी जङ्गलमा जीवन र आशा छ। बाक्लै टाँगिएका बिजुलीका तारहरूमा बाँदरहरू झुन्डिएर खेल्छन् । खजुरो पौडिरहेको पानी जम्ने खाडलमा आकाशमा उडेको विमानको प्रतिबिम्ब देखिन्छ ।

यी दाजुभाइ भुइँतल्लामा क्रिकेट खेल्दै रमाउँछन् र सरकारले उनीहरूको गैरनाफामुखी कामका लागि विदेशी अनुदान स्वीकृत गरेको खुसीमा मूसलधारे वर्षामा पनि आइसक्रिम खान्छन् ।

जब मौसम सफा हुन्छ सलाईका बट्टा जस्ता घरका छानाहरू मानिसहरूले भरिन्छन् र आकाश उनीहरूले उडाउने चङ्गाले ढाकिन्छ । चराहरू फेरि भुईँमा खस्न थाल्छन् अनि यी दाजुभाइको काम फेरि सुरु हुन्छ ।

चराको उद्धारमा यतिसम्म मेहनत
कुनै समय उनीहरूको भुईँ तल्लामा घाइते चराहरूको सङ्ख्या १०० वटासम्म पुग्छ । कहिले ती धुवाँले बाटो नदेखेर अग्ला भवनहरूमा ठोक्किएर झरेका हुन्छन् त कहिले गुजुल्टिएका तारहरूमा अल्झिएर ।

यी दाजुभाइ पखेटा भाँचिएको चरालाई उद्धार गर्न पौडिएर खोला तर्छन् ।
उनीहरूका एक छिमेकी आफ्नो घर माथि चरा खस्नबाट रोक्ने उपाय खोज्दै ढोकामा देखिन्छन् । उनीहरू हेलमेट लगाउँछन् र एउटा छडी बोकेर उनको घरमा जान्छन् । नजिकैको भवनमा चराका बचेरा हुन्छन् र उनको छतमा खसेको चरा आहाराको खोजीमा आकाशमा घुम्दै गरेको भोको माउ हुनसक्छ । उनीहरूले उनलाई सल्लाह दिन्छन् ।

ठूलो फोहोर फाल्ने क्षेत्र गाजीपुरसहित दिल्लीको धेरै क्षेत्रको आकाशमा चराहरू विचरण गर्छन् । तर आकाशबाट झर्ने चराहरूलाई यी दाजुभाइले ठूलो विनाशबाट बचाउँदै आएका छन् । उनीहरूको यो काम कहिलेसम्म चलिरहन्छ निश्चित छैन ।

“यो भुईँ तल्लामा समय कसरी बित्छ तपाईँलाई थाहै छैन । एक दिन मलाई हृदयघात हुनसक्छ र म यो चिसो भुईँमा लडिरहेको पनि हुनसक्छु,” एक जना भाइ भन्छन् ।

“मेरो छाती फुट्यो भने भित्रबाट चराहरू पनि उडेर जान्छन् ।”

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका