बजेट निर्माणको गृहकार्यमा अर्थ मन्त्रालय • Nepal's Trusted Digital Newspaperबजेट निर्माणको गृहकार्यमा अर्थ मन्त्रालय • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • बजेट निर्माणको गृहकार्यमा अर्थ मन्त्रालय

बजेट निर्माणको गृहकार्यमा अर्थ मन्त्रालय

  • समाचारपाटी
  • बुधबार, चैत्र २, २०७८
बजेट निर्माणको गृहकार्यमा अर्थ मन्त्रालय

काठमाडौं । अर्थ मन्त्रालयले २०७९र८० को बजेट निर्माणको गृहकार्य थालेको छ। मंगलबार कृषिसँग सम्बन्धित सरोकारवालासँग अन्तरक्रिया गरेको थियो। कार्यक्रममा अर्थसचिव मधुकुमार मरासिनीले बजेट निर्माण सुरु भएको सन्देश दिन छलफल गरिएको जानकारी दिनुभयाे।

प्रत्येक नीति कार्यक्रम र बजेटमा कृषि क्षेत्रलाई उच्च प्राथमिकतामा राखे पनि उत्पादन वृद्धि हुन नसकेको तथा आयात बढेकाले कृषिमैत्री नीति र बजेट तर्जुमाका लागि सहयोग गर्न आग्रह गर्नुभयाे। छलफललाई सम्बोधन गर्दै अर्थमन्त्री जनार्दन शर्माले कृषिलाई पहिलो प्राथमिकतामा राखेर सुझाव संकलनको सुरुवात कृषिबाट गरिएको बताउनुभयाे।

‘आगामी बजेटमा कृषिमा अनुदान होइन, किसानलाई प्रोत्साहनको नीति लिइनेछ। यसका लागि कस्तो नीति, कार्यक्रम र बजेट बनाउँदा ठिक होला भनेर छलफल राखिएको हो’ उहाँले भन्नुभयाे। कृषिमा पर्याप्त बजेट विनियोजन हुने भए पनि किसान तहसम्म पुगेर कार्यान्वयन नहुँदा समस्या आएको उहाँको भनाइ थियो।

उहाँले भन्नुभयाे, ‘कृषि बिमा गर्नेलाई प्रिमियममा ८० प्रतिशत अनुदान दिने नीति र कार्यक्रमअनुसार बजेटसमेत विनियोजन भएको छ तर धेरै किसानलाई भेट्दा यस्तो नीति नै थाहा नभएको र लाभसमेत नपाएको गुनासो सुनेको छु।’

छलफलमा नेपालको माटो सुहाउँदा नीति बनाउन, निर्यातमा सहजीकरण गर्न, बिनाधितो ५० लाख रुपैयाँसम्मको कृषि कर्जा उपलब्ध गराउन, भूउपयोग नीति कार्यान्वयन गर्न, न्यूनतम समर्थन मूल्य तोकेपछि कार्यान्वयनको जिम्मेवारी सरकारले लिन, उत्पादकत्व बढाउन, खान पुग्ने उत्पादन बढाउन, लगानीअनुसार प्रतिफलयोग्य बनाउन, अनुसन्धान बढाउन सुझाव दिइएको थियो।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका