सनिश श्रेष्ठको सुमधुर स्वरमा ''फलिङ फर यु'' सार्वजनिक • Nepal's Trusted Digital Newspaperसनिश श्रेष्ठको सुमधुर स्वरमा ''फलिङ फर यु'' सार्वजनिक • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • सनिश श्रेष्ठको सुमधुर स्वरमा ”फलिङ फर यु” सार्वजनिक

सनिश श्रेष्ठको सुमधुर स्वरमा ”फलिङ फर यु” सार्वजनिक

  • समाचारपाटी
  • बुधबार, चैत्र २, २०७८
सनिश श्रेष्ठको सुमधुर स्वरमा ”फलिङ फर यु” सार्वजनिक

काठमाडौं । भ्वाइस अफ नेपालको मञ्चबाट परिचित गायक सनिश श्रेष्ठको सुमधुर स्वरमा सजिएको ”फलिङ फर यु” बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।

डान्सिङ भर्सनको यस गीतलाई कोविद बज्र र कर्म शेर्पाले सयुक्त रुपमा संगीतवद्द गर्नुभएकाे हाे। जावेद खानले छायाँकन गरेको यस भिडियोमा इरा महर्जनको कोरियोग्राफी रहेको छ। म्युजिक भिडियोमा कविता नेपाली र किरण तामाङ फिचर्ड रहेकाे छ।

लुपी इन्टरटेन्मेण्टको प्रस्तुति रहेको यस भिडियोलाई उज्ज्वल जोशीको सम्पादन र निर्देशनमा तयार पारिएको हो। प्रगती बोगटी निर्माता र समिप सुवेदी भिडियोको सह निर्माता हुनुहुन्छ। निर्माण टिमले भिडियोलाई हेरेर सुनेर प्रतिक्रिया दिन सबैलाई आग्रह गर्नुभएकाे छ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका