जनताका घरदैलामा पुग्न कांग्रेस केन्द्रीय सदस्यहरूलाई सभापति देउवाकाे आग्रह • Nepal's Trusted Digital Newspaperजनताका घरदैलामा पुग्न कांग्रेस केन्द्रीय सदस्यहरूलाई सभापति देउवाकाे आग्रह • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • जनताका घरदैलामा पुग्न कांग्रेस केन्द्रीय सदस्यहरूलाई सभापति देउवाकाे आग्रह

जनताका घरदैलामा पुग्न कांग्रेस केन्द्रीय सदस्यहरूलाई सभापति देउवाकाे आग्रह

  • समाचारपाटी
  • बुधबार, चैत्र २, २०७८
जनताका घरदैलामा पुग्न कांग्रेस केन्द्रीय सदस्यहरूलाई सभापति देउवाकाे आग्रह

काठमान्डाैँ । प्रधानमन्त्री एवं नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले स्थानीय चुनाव निर्धारित समयमै हुनेमा कुनै शंका नगरी जनताका घरदैलामा पुग्न केन्द्रीय सदस्यहरूलाई आग्रह गर्नुभएकाे छ । ‘गठबन्धन दलहरूप्रति उग्र हुने काम छैन। प्रमुख प्रतिपक्ष एमालेको विरोधमा पनि नखनिनुहोस्,’ बैठकमा देउवाले भन्नुभएकाे छ।

एमसीसी सम्झौताका विषयमा उठेका भ्रम निवारण र पार्टीको महाधिवेशनका बेला तल्ला तहसम्मै भएको गुटगत प्रवृत्ति मेट्ने प्रयास हुने उपसभापति धनराज गुरुङले बताउनुभयाे। अभियानका लागि पठाइएका नेताहरू टोलदेखि वडा–वडामा पुगेर कांग्रेस जिताउने अभियानमा लागिपरेको शीर्ष नेता कृष्णप्रसाद सिटौलाले बताउनुभयाे।

कांग्रेस नेता रमेश लेखकले चुनावी गठबन्धनका विषयमा पछि निर्णय हुने बताउनुभयाे। उपसभापति पूर्णबहादुर खड्का भन्नुहुन्छ, ‘चुनावमा गठबन्धन गर्ने कि नगर्ने भन्नेबारे पहिलो चरणको अभियान सकिएपछि मात्र कांग्रेसको धारणा आउँछ।’

चुनावी अभियान अन्तरगत इलाम पुग्नुभएकी कांग्रेस नेता शरिता प्रसाईं कांग्रेसमा जनलहर ह्वात्तै बढेको बताउँनुहुन्छ। प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाले फागुन २६ गते वीरगन्जमा आयोजित एक कार्यक्रममा गठबन्धन गरेर जाने संकेत दिनुभएकाे थियाे। ‘गठबन्धनका साथीहरूलाई बेवास्ता गर्ने भन्ने कुरा हुँदैन। स्थानीय तहदेखि चुनावमा गठबन्धनका साथीहरूसँग छलफल हुन्छ।’

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका