‘टोल, वडा तहबाट आएको राय र सुझाव अनुसार गठबन्धन गर्ने नगर्ने टुंगो लाग्छ:-विश्वप्रकाश शर्मा • Nepal's Trusted Digital Newspaper‘टोल, वडा तहबाट आएको राय र सुझाव अनुसार गठबन्धन गर्ने नगर्ने टुंगो लाग्छ:-विश्वप्रकाश शर्मा • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • ‘टोल, वडा तहबाट आएको राय र सुझाव अनुसार गठबन्धन गर्ने नगर्ने टुंगो लाग्छ:-विश्वप्रकाश शर्मा

‘टोल, वडा तहबाट आएको राय र सुझाव अनुसार गठबन्धन गर्ने नगर्ने टुंगो लाग्छ:-विश्वप्रकाश शर्मा

  • समाचारपाटी
  • बुधबार, चैत्र २, २०७८
‘टोल, वडा तहबाट आएको राय र सुझाव अनुसार गठबन्धन गर्ने नगर्ने टुंगो लाग्छ:-विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसको एक महिने ‘घरघर जाऔं, कांग्रेस जिताऔं’ अभियान सुरु भएको छ। वैशाख ३० गते हुने स्थानीय तहको चुनावको तयारीका कांग्रेसले उक्त घरदैलो अभियान सुरु गरेको हो।

आइतबारदेखि सुरु भएको अभियान चैत २९ गतेसम्म हुने भएको छ। कांग्रेसका केन्द्रीय सदस्यहरू सबै जिल्लामा गएर ‘चुनाव आयो’ भन्दै कांग्रेस जगाउन जनताका घरदैलोमा पुग्नुभएकाे छ। यद्यपि, चुनावमा भने एक्लै जाने कि गठबन्धनमा यसबारे ठोस निर्णय भने बनाइसकेको छैन।

कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले चैतको तेस्रो साता बस्ने केन्द्रीय समिति बैठकले गठबन्धनका विषयमा निर्णय गर्ने बताउनुभएकाे छ। ‘टोल, वडा तहबाट आएको राय र सुझाव अनुसार गठबन्धन गर्ने नगर्ने टुंगो लाग्छ,’ उहाँले भन्नुभयाे, ‘यो अभियान जनतामाझ गएर कांग्रेस र एमसीसीबारेका भ्रम चिर्न गरिएको हो।’ त्यस्तै, कांग्रेस प्रवक्ता प्रकाशशरण महतले स्थानीय तहमा फोकस हुन जरुरी भएकोले जनताका घरदैलोमा पुग्न खोजेको बताउनुभयाे। कांग्रेसले ७७ जिल्लामा ७७ केन्द्रीय सदस्य पठाएको छ भने प्रदेश कार्यसमितिहरूले पनि प्रतिनिधि खटाएका छन्।

 

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका