विश्वकप लिग टु:-आज नेपाल पपुवा न्युगिनीसँग पहिलो खेल खेल्दै • Nepal's Trusted Digital Newspaperविश्वकप लिग टु:-आज नेपाल पपुवा न्युगिनीसँग पहिलो खेल खेल्दै • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • विश्वकप लिग टु:-आज नेपाल पपुवा न्युगिनीसँग पहिलो खेल खेल्दै

विश्वकप लिग टु:-आज नेपाल पपुवा न्युगिनीसँग पहिलो खेल खेल्दै

  • समाचारपाटी
  • बुधबार, चैत्र २, २०७८
विश्वकप लिग टु:-आज नेपाल पपुवा न्युगिनीसँग पहिलो खेल खेल्दै

काठमाडौं । युनाइटेड अरब इमिरेट्स (यूएई)मा मंगलबारदेखि सुरु भएको आईसीसी क्रिकेट विश्वकप लिग टुमा आज नेपालले पहिलो खेल खेल्दै छ ।

नेपालले आज पपुवा न्युगिनीसँग खेल्न लागेको हो । खेल नेपाली समय अनुसार आज बिहान सवा ११ बजे सुरु हुनेछ । यसअघि नेपालले श्रीलंकामा एक साताभन्दा बढी तयारी र अभ्यास खेलेको थियो ।

आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत नेपाल, यूएई र पपुवा न्युगिनी बीचको शृंखला ८ गतेसम्म हुनेछ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका