आज बागमती,गण्डकी प्रदेशका केहि स्थानमा गर्जन,चटयाङ्ग सहित हल्का वर्षाको सम्भावना • Nepal's Trusted Digital Newspaperआज बागमती,गण्डकी प्रदेशका केहि स्थानमा गर्जन,चटयाङ्ग सहित हल्का वर्षाको सम्भावना • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • आज बागमती,गण्डकी प्रदेशका केहि स्थानमा गर्जन,चटयाङ्ग सहित हल्का वर्षाको सम्भावना

आज बागमती,गण्डकी प्रदेशका केहि स्थानमा गर्जन,चटयाङ्ग सहित हल्का वर्षाको सम्भावना

  • समाचारपाटी
  • बुधबार, चैत्र २, २०७८
आज बागमती,गण्डकी प्रदेशका केहि स्थानमा गर्जन,चटयाङ्ग सहित हल्का वर्षाको सम्भावना

काठमान्डाैँ । हाल बंगलादेशको तथा आसपासका क्षेत्रमा निम्न चापीय प्रणाली रहेको छ। देशका पहाडी भू-भागमा आंशिक बदली र अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो  प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने छ।

प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक वा दुई स्थानमा अपरान्हतिर मेघ गर्जन , चटयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

आज राती  भने  देशका पहाडी भू-भागमा आंशिक बदली र अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने छ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका