किभमा ३५ घन्टा कर्फ्यु • Nepal's Trusted Digital Newspaperकिभमा ३५ घन्टा कर्फ्यु • Nepal's Trusted Digital Newspaper

किभमा ३५ घन्टा कर्फ्यु

  • समाचारपाटी
  • बुधबार, चैत्र २, २०७८
किभमा ३५ घन्टा कर्फ्यु

किभ—युक्रेनको राजधानी किभमा कर्फ्यु घोषणा गरिएको छ । राती बिहीबारदेखि ३५ घन्टाका लागि कर्फ्यु लगाइएको सो सहरका मेयरले जानाकारी दिएका छन् ।
रुसी सेनाले राजधानी किभका आवासीय भवनलाई लक्षित गर्दै हमला गरिरहेका बेला कर्फ्यु घोषणा गरिएको हो ।

सर्वसाधारणलाई बमबारीबाट जोगिनका लागि बनाइएको आश्रयस्थलमा बस्न सरकारले आह्वान गरेको छ । मंगलबार रुसी सेनाको हमलामा किभमा कम्तीमा पाँच जनाको मृत्यु भएको छ । रुसी सेनाले २४ फेब्रुवरीदेखि युक्रेनमा हमला गरिरहेको छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका