काठमाडौं । पछिल्लो २४ घण्टामा थप ८३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भएको छैन ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ७३४ पीसीआर परीक्षणमा ५७ जना र ३ हजार १५० एन्टीजेन परीक्षणमा २६ जना गरी ८३ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या १३० रहेको छ । मन्त्रालयका अनुसार हाल देशभर कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या ४ हजार ७४३ रहेको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस विरूद्ध खाेप लगाउनेकाे सङ्ख्या १३ हजार ५३८ रहेकाे छ ।