काठमाडौं । २३ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपालको दुईदिने औपचारिक भ्रमणमा आउनुभएका विदेशमन्त्री राजकुमार फैसल बिन फहरान अल साउद राष्ट्रपति विद्यादेवी भण्डारी सँग भेट्नुभएकाे छ ।
साउदी अरबका विदेशमन्त्री राजकुमार फैसल बिन फहरान अल साउदले राष्ट्रपति विद्यादेवी भण्डारीसँग आज भेटवार्ता गर्नुभएकाे हाे ।मंगलबार राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारी र अरबका विदेशमन्त्री राजकुमार फैसल बिन फहरान अल साउदबीच भेटवार्ता भएको हो ।
भेटमा दुई देशबीचको सम्बन्ध, आपसी हित र चासोका विषयमा छलफल भएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिनुभएकाे छ ।
कोरोना फैलिएपछि साउदी अरबमा दुई हप्ताका लागि चलचित्र हलहरु बन्द
उहाँले आजै परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ भने दुवै देशका परराष्ट्रमन्त्रीले पारस्परिक सहयोग अभिवृद्धि गर्नेसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गर्ने कार्यक्रम रहेकाे छ ।