काठमान्डाैँ । आज नेपाली बजारमा सुनको मूल्य घटेकाे छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला सुनको मूल्यमा १८ सयले घटेर १ लाख ५ सय रुपैयाँ मूल्य निर्धारण भएकाे छ। यस्तै तेजावी सुनको मूल्य तोलाको १ लाख रुपैयाँ तोकिएको छ। यसअघि सोमबार सुनको मूल्य ५ सयले घटेर तोलाको १ लाख २ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, सुनको मूल्य घटेसँगै चाँदीको मूल्य पनि ३५ रुपैयाँले ओरालो लागेको छ। आज चाँदी तोलाको १३ सय ८० रुपैयाँले काराेबार भइरहेको छ। सोमबार चाँदी तोलाको १४ सय १५ रुपैयाँमा काराेबार भएको थियो।
पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटेसँगै नेपाली बजारमा मूल्य घटेको हो। आज अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटेर प्रतिऔंस १९ सय ३२ अमेरिकी डलरमा कारोबार भइरहेको छ।